जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि सिफारिस भएको वडाध्यक्ष जानकीराम साहले एमालेमा प्रवेश गरेका छन् । उनलाई काठमाडौंमा मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।
जनकपुरधाम वडा. नं. ७ का वडाध्यक्ष साह लोसपाबाट मेयरको टिकट पाउने सम्भावना नदेखेपछि उनी एमाले प्रवेश गरेका हुन् । एमालेबाट उनले जनकपुरको मेयरको टिकट पाउने करिब पक्का छ ।
साह २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन राजपा नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
उनले आगामी निर्वाचनको लागि लोसपाबाट मेयर पदका लागि दावेदार थिए । उनी लगायत लोसपाबाट ५ जनाको नाम पनि सिफारिस भएको थियो । नेकपा एमालेबाट यसअघि नै जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदको लागि एकल सिफारिस भएका व्यापारी नेता शिवशंकर साह हिराले आपूmले नै टिकट पाउने दावी गरेका छन् ।
आफुनै मेयरको उम्मेदवारः हिरा
जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदको लागि नेकपा एमालेको उम्मेदवार आपूm नै रहेको शिवशंकर साह हिराले दावी गरेका छन् । पार्टीको विधान र विधि अनुसार आफ्नो एकल नाम सिफारिस भएकोले आपूm नै उम्मेदवार हुने विश्वास व्यक्त गरे । गएको चैत २९ गते नेकपा एमाले नगर समितिले जनकपुरधामको मेयरको पदको लागि हिराको एकल नाम सिफारिस गरेको थियो । एमालेले एकल नाम सिफारिस गरेपछि मेयरमा हिराको उम्मेदवारी तय भएको थियो । तर, मनोनयन पत्र दाखिला गर्ने समय तीन दिन बाँकी रह्दा उनी उम्मेदवारको रेसमा पछाडि परेका छन् । पार्टी विधान र विधि अनुसार चल्छ, उनले भने-पार्टीले जो निणर्य गर्छ स्वीकार्य हुन्छ । तर, सिफारिसका आधारमा आपूmले टिकट पाउनुपर्ने दावी उनले गरे ।
नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य समेत रहेका हिरा जनकपुरधामको मेयरको उम्मेदवार बन्नको लागि चार वर्ष अघि एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गरेसँगै उनी सामाजिक क्रियाकलाप लिएर नगरबासीको नजिक थिए । नगर कमिटी अध्यक्ष सुरेन्दै भण्डारीले उनको एकल नाम सिफारिस गरेपछि उनको उम्मेदवारी करिब पक्का भएको थियो । उनलाई जनकपुरधाम उपमहानगरपालिका मेयरको टिकट दिलाउन प्रतिबद्धता एमाले केन्द्रीय सचिव एवम् पूर्वमन्त्री रघुवीर महासेठले गरेका थिए । मंगलबार एमाले प्रवेश गरेका लोसपाका नेता जानकीराम साहलाई हिराले स्वागत गरेका छन् ।
जानकीराम प्रवेश गर्ने लगत्तै हिराले सामाजिक संजालमार्पmत पार्टीमा स्वागत गरेका थिए । पार्टीले आप्mनो योगदानको मुल्यांकन गर्ने विश्वास हिराले व्यक्त गरे । आपूmले चार वर्षमा पार्टीको लागि गरेको योगदानको मुल्यांकन गरेर टिकट आपूmलाई दिने हिराले दावी गरे । आपूmभन्दा राम्रो र योग्य अरुकोही भए उनलाई टिकट दिदा पनि स्वीकार्य हुने हिराले बताए । पार्टीले गरेको सबै निणर्य मान्य रहेको उनले थपे । जानकीराम एमाले प्रवेश गरेपछि हिराको टिकट खतरामा परेको आंकलन गरिएको छ । यद्यपी हिराले मंगलबार पनि नगरमा प्रचारप्रसार गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा न. १ मा कार्यकर्तासहित उनी मंगलबार दिउँसो घरदैलो गरेका छन् ।
मेयरमा आफ्नो उम्मेदवारी पक्काः जानकीराम
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालबाट सिफारिस भएका जानकी राम साह एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा चुनाव लड्ने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जानकीरामलाई पार्टी प्रवेश गराएका थिए । पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्ने जानकीरामले बताए । पार्टी प्रवेश गरेसँगै एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी पक्का भएको उनले बताए ।
साहका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा आप्mनो उम्मेदवारी पक्का छ । यसमा कसैले शंका नगरे हुन्छ, उनले भने-अन्य साथिहरुलाई पनि पार्टीले उचित व्यवस्थापन गर्छ । जनताको चाहना र अपेक्षाको कदर गर्दै आपूmले एमाले प्रवेश गरेको उनले जनकपुर संचारलाई बताए । जनकपुर नगरबासीले यसअघि पनि आपूूmलाई माया गरेको र आउँदो समयमा पनि नगरबासीको माया पाउने उनले विश्वास व्यक्त गरे नगरबासीको चाहना अनुसार आफुले बैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनमा मेयरमा उम्मेदवारी दिन लागेको बताए ।
लोसपाबाट नाम सिफारिस भएपनि उनी एमाले प्रवेश गर्ने योजना अघि नै बनाइसकेका थिए । सोही योजना अनुरुप उनी नगरको विभिन्न वडाहरुमा पार्टी सम्पर्क कार्यालय समेत स्थापना गरिसकेका छन् । सम्पर्क कार्यालयको बैनरमा पनि उनले लोसपा लेखेका थिएनन् । केही दिन अघि एमालेका प्रभावशाली नेता प्रभु साहको पहलमा जानकीराम लोसपाबाट एमालेतर्पm जाने निणर्य गरिसकेको थियो । लोसपाबाट नाम सिफारिस भएपनि आफु उम्मेदवार नहुने पक्का रहेको उनले बताए ।
प्रदेशसभा सदस्य एवम् लोसपाका धनुषा अध्यक्ष परमेश्वर साहले आप्mनो नाम मेयरको लागि सिफारिस गरेपछि अन्य आकांक्षीले टिकट पाउने कुनै सम्भावना नरहेको उनले दावी गरे । लोसपा केही व्यक्तिको पार्टी रहेको उनले दावी गरे । मधेश प्रदेशमा लोसपाका प्रमुख सचेतक समेत रहेका परमेश्वर साहले अन्य नेताहरुको मुल्यांकन नगरेको आरोप उनले लगाए । जसरी वडाध्यक्षमा आपूmलाई जनताको स्नेह प्राप्त भयो, त्यसरी नै मेयरमा पनि जनताको स्नेह पाउने विश्वास उनले व्यक्त गरे ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech