जनकपुरधाम : स्थानीय तहको चुनावमा तालमेल गर्न अबेररातिसम्म बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । सत्ता गठबन्धनका पाँच दलले महानगरपालिकाका मेयर र उपमेयर पदको भागबन्डा गरिसकेपनि उपमहानगरपालिकाको टुंगो लगाउन सकेको छैन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार अबेररातिसम्म बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठक जनकपुरधाम उपमहानगरपालिकाको टुगो लगाउन सकेन् । जनता समाजवादी पार्टी(जसपा) नेपालले जनकपुरधाम उपमहानगरपालिकामा अडान नछाडेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो । जनकपुरमा नेपाली कांगे्रसले पनि दावी गरेको छ ।

बैठकले यसअघि गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर पाएको छ । नेकपा माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगन्ज र नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिकाको मेयर पाएका छन् ।
त्यस्तै, उपमेयरतर्फ वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर नेपाली कांग्रेसले लिएको छ भने ललितपुरको उपमेयर माओवादी केन्द्रले पाएको छ । काठमाडौंको उपमेयर एकीकृत समाजवादी र विराटनगरको उपमेयर जसपाले पाएको छ । दलहरूले अघिल्लो निर्वाचनमा जितेका स्थानीय तहलाई प्राथमिकतामा राखेर भागबन्डा गरेका हुन् ।

महानगरपालिकामा सहमति भएपछि बैठकमा ११ उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको सिट बाँडफाँटबारे छलफल भएको थियो ।

सम्बन्धित खवर