जनकपुरधाम : जनता समाजवादी पार्टी(जसपा) ले लक्ष्मीनियाँ गाउँपालिका प्रमुख र उपप्रमुखको आकांक्षीको नाउँ छनौट गरेको छ । गाउँपालिका समितिको बुधबार बसेको विस्तारित बैठकले प्रमुखमा चार र उपप्रमुखमा पाँच जनाको नाउँ सिफारिस गरेको हो ।
गाउँपालिका अध्यक्ष लालबाबु यादवको अध्यक्षतामा बसेको बैठकले प्रमुखको लागि चार र उपप्रमुखको लागि पाँच जनाको नाम सिफारिस गरेको हो । प्रमुखको लागि पार्टीका गाउँपालिका अध्यक्ष समेत रहेका लालबाबु यादव, डा. सत्रुधन यादव, सत्रुधन यादव र ब्रम्हदेव यादवको नाम सिफारिस गरिएको छ । यस्तै, उपप्रमुखमा बिमला देवी, इन्द्रकला देवी, रिता देवी यादव, कुसुम भण्डारी लगायतका छन् । यसअघि आइतबार उम्मेदवारको नाम सिफारिसको लागि बसेको बैठकमा विवाद भएको थियो । विवादपछि पार्टीले आकांक्षीहरुलाई नाम दताए गराउन आह्वान गरेका थिए । ७७ जनाले गाउँपालिका प्रमुखमा उम्मेदवारीको लागि नाम दर्ता गराएका थिए भने १९ जनाले उपप्रमुखमा उम्मेदवारीको लागि नाम दर्ता गराएका थिए । पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेताहरुको सक्रियतामा बुधबार सर्टलिस्ट गरेर नाम जिल्लामा सिफारिस गरिएको गाउँपालिका अध्यक्ष लालबाबु यादवले बताए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech