ताजा अपडेट
×
अपांगता भएका व्यक्तिलाई आत्मसम्मानको बोध गराउनुपर्छःमन्त्री जयसवाल
धनुषाको चार टोल बालविवाह मुक्त
मुडिबा बालविवाह मुक्त टोल घोषणा
एसइई परीक्षार्थीको विदाई
मुख्यमन्त्रीको एक पछि अर्को ‘स्टन्ट’
यातायात कार्यालय जनकपुरको शिलान्यास
जनकपुरमा गीता हेल्थ केयर
बाल अधिकार सम्बन्धी प्रदेशस्तरीय छलफल
मन्त्री सिंहको बदनियतले स्वास्थ्य क्षेत्र अस्तव्यस्त
धेरै पढिएको
×
जनकपुर अस्पतालको निर्देशकमा डा. यादव नियुक्त
यदुकोहामा किशोरी बलात्कृत, दोषिमाथि कारबाहि होस्ःमेयर यादव
बागी उम्मेदवारी फिर्ता नलिए कारबाही
टिकट वितरणलाई लिएर जसपामा विवाद, यादवमाथि हातपात
सिरहा–२(ख) बाट ई.अजितको नाम सिफारिस
खण्डन गरिएको सम्बन्धमा
मन्त्री सिंहको बदनियतले स्वास्थ्य क्षेत्र अस्तव्यस्त
जनकपुरधाममा बाल मेला
समाचार
समाज
राजनीति
अन्तराष्ट्रिय
विचार
अर्थ/वाणीज्य
खेलकुद
मनोरन्जन
विविध
राष्ट्रिय
कृषि
विज्ञान/प्राविधि
शिक्षा/स्वास्थ्य
ई-पेपर
समाचार
समाज
राजनीति
अन्तराष्ट्रिय
विचार
अर्थ/वाणीज्य
खेलकुद
मनोरन्जन
विविध
राष्ट्रिय
कृषि
विज्ञान/प्राविधि
शिक्षा/स्वास्थ्य
ई-पेपर
बेहुली बन्दा यस्ती देखिइन् केकी
जनकपुर संचार
२०७९ बैशाख ११, आईतवार ०७:२३ गते
काठमाडौं :
पर्दामा कयौं पटक बेहुली बनिसकेकी अभिनेत्री केकी अधिकारी बिहीवार वास्तविक जीवनमा बेहुली बनेकी छन् । बुधवार (हिजो) नै उनले विवाह गरेको खबर बाहिरिएको थियो । तर, बुधवार उनको मेहेन्दी सेरोमनी मात्र भएको थियो । बिहीवार उनले हिन्दू परम्पराअनुसार रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् । उनले फेसबुकमा विवाहका तस्विरहरु समेत सार्वजनिक गरेकी छन् ।
उनले विवाहका तस्विरहरु सार्वजनिक गर्दै लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारका रूपमा मेरा हरेक उतार-चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा हर्षित छु । जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरूको आशिर्वादको अपेक्षा गरेका छौँ । यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा विश्वस्त छौँ ।’
केकी र रोहितको विवाह समारोहमा दुई पक्षका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो भने केकीको तर्फबाट उनका केही अति नजिकका साथीहरु विवाहमा सहभागी भएका थिए । विवाह निकै गोप्य राखिएको थियो । आफैंले सामाजिक सञ्जालबाट विवाहको जानकारी दिने भनेर केकीले बिहेको मिति र स्थान खुलाएकी थिइनन् । रोहितसँग उनी केही समयदेखि प्रेममा थिइन् ।
केकीका श्रीमान् रोहित तिवारी हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह-संस्थापक तथा सीइओ हुन् । केही समय अगाडि एक अन्तर्वार्तामा केकीले विवाहपछि पनि अभिनयमा सक्रिय हुने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘बिहे गरे पनि म फिल्म इन्डस्ट्री छाड्दिनँ । जो व्यक्तिले मेरो कामलाई बुझ्नुहुन्छ र मलाई रेस्पेक्ट गर्नुहुन्छ त्यही व्यक्तिसँग जीवन विताउँछु ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
अपांगता भएका व्यक्तिलाई आत्मसम्मानको बोध गराउनुपर्छःमन्त्री जयसवाल
धनुषाको चार टोल बालविवाह मुक्त
मुडिबा बालविवाह मुक्त टोल घोषणा
यातायात कार्यालय जनकपुरको शिलान्यास
जनकपुरमा गीता हेल्थ केयर
बाल अधिकार सम्बन्धी प्रदेशस्तरीय छलफल
भर्खरै प्रकाशित
अपांगता भएका व्यक्तिलाई आत्मसम्मानको बोध गराउनुपर्छःमन्त्री जयसवाल
धनुषाको चार टोल बालविवाह मुक्त
मुडिबा बालविवाह मुक्त टोल घोषणा
एसइई परीक्षार्थीको विदाई
मुख्यमन्त्रीको एक पछि अर्को ‘स्टन्ट’
यातायात कार्यालय जनकपुरको शिलान्यास
ट्रेंडिंग
जनकपुर अस्पतालको निर्देशकमा डा. यादव नियुक्त
यदुकोहामा किशोरी बलात्कृत, दोषिमाथि कारबाहि होस्ःमेयर यादव
बागी उम्मेदवारी फिर्ता नलिए कारबाही
टिकट वितरणलाई लिएर जसपामा विवाद, यादवमाथि हातपात
सिरहा–२(ख) बाट ई.अजितको नाम सिफारिस
Copyright © 2025, All Rights Reserved | Developed By
ProTech