जनकपुरधाम । आसन्न स्थानीय तह निर्वाचनको लागि लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले जनकपुरधाम उपमहानगरमा मेयर र उपमेयरको नाम टुंगो लगाएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोज चौधरी र उपमेयरमा रीताकुमारी मिश्रलाई लोसपाले उम्मेदवार बनाउने भएको छ ।

लोसपाको केन्द्रीय समितिको बैठकले मेयरमा चौधरी र उपमेयरमा मिश्रलाई सर्वसम्मत उम्मेदवार बनाउने निणर्य गरेको हो ।

गत २७ चैतमा बसेको लोसपाको जनकपुर नगरस्तरीय बैठकबाट आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि नगरप्रमुखमा ५ र उपप्रमुखमा ५ जनाको नाम सिफारिस गरेको थियो ।

बैठकले जनकपुरधामको नगरप्रमुखका लागि मनोज कुमार चौधरी, परमेश्‍वर साह, संजय चौधरी, अमर पंजियार र जानकी राम साहको नाम सिफारिस गरिएको थियो । जानकीराम साह एमालेमा प्रवेश गरिसकेका छन् ।

निवर्तमान उपमेयर मिश्रलाई पुनः उपमेयरमा उम्मेदवार बनाउने भएको छ । उनी मेयरमा दावी गरेपनि नाम भने उपमेयरको लागि सिफारिस भएको थियो ।

उपप्रमुखमा विभा ठाकुर, विभा पाण्डे, रीताकुमारी मिश्र, पुनम झा मैथिली र पुनम साहको नाम सिफारिस गरिएको थियो । जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका नाम केन्द्रीय कार्यालयको विस्तारित बैठकले टुंगो लगाएको हो ।

टिकटका टिकरम छःनेतृ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) की नेतृ विभा ठाकुरले पैसा दिएर जनकपुरधामको मेयर र उपमेयरको टिकट खरिद गरेको आरोप लगाएकी छन् । पटक पटक सिफारिसमा परेर पनि अन्तिम समयमा ठाकुरको नाम हटाउने गरिएको छ । रिताजीले आउँदा चुनावमा तपाईले नै उपमेयरको टिकट पाउनुहुन्छ, भनिन्-ठाकुरले भनिन्-तर, अहिले टिकट आपैm लिएर आइन् । नेतृत्व तहले आपूmसित पटक पटक विभेद गरेको गुनासो पोख्दै यसपाली पनि विभेदकै शिकार भएको उनले सुनाइन् । पैसा अगाडि कर्मठ र इमान्दार कार्यकर्ताको मुल्यांकन हुँदैन, उनले भनिन्-पैसाको बलमा जनकपुरमा मेयर र उपमेयरको टिकक लिएको छ । एकै जनाले पटक पटक अवसर पाएको छ, उनले भनिन्-आपूmहरु कुरेको कुरै भयो । यसले पैसाबालाको प्रभाव प्रष्टयाएको छ । २०७४ सालको स्थाानीय चुनावमा मेयर र उपमेयर सद्भावना पार्टी पक्षकै नहुने भएकोले उपमेयरमा तत्कालीन तमलोपाकी रिता मिश्रलाई दिएको थियो । मेयरमा उम्मेदवारी दिएका लालकिशोर साह पनि सद्भावना कै थिए । तर, रौतहटको गौरमा सद्भावना पार्टीकै मेयर अजय गुप्ता र उपमेयर किरण ठाकुरलाई पार्टीले टिकट दिएको थियो । दुवै जना निर्वाचित समेत भएको नेतृ ठाकुरले आप्mनो पीडा सुनाइन् ।

यसअघि २०७४ सालको आम निर्वाचनमा समानुपातिकको बन्दसूचीमा परेकी ठाकुर अन्तिम समयमा छाँटिएकी थिइन् । २०७६ सालको राष्ट्रियसभा निर्वाचनमा पनि उनलाई धनुषाको दुई जना हुन नपाउने भन्दै बाइपास गरिएको थियो । भ्रष्टाचार आरोपमा जनकपुरधामको मेयर विवादित बनेपछि उपमेयर कसरी चोखो ? उनले भनिन् । उपमेयरले पनि बजेट चलाएकी छन्, उनले भनिन्-मेयर भ्रष्टाचार गरेको हो, भने उपमेयरले पनि गरेकी छन् । तर, पार्टीले सबै कुरालाई थाति राखेर एकपटक फेरी आपूmसित विभेद गरेको उनले सुनाइन् । जितेको उम्मेदवारलाई प्राथमिकता दिएकोल तपाई नपर्नुभएको वरिष्ठ नेता राजेन्द्र महतोले बताउनुभएको छ, ठाकुरले सुनाइन् ।

सम्बन्धित खवर