। फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै अष्ट्रेलिया यसै वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा छनोट भएपछि एसियाली टिमको संख्या कीर्तिमानी बनेको हो ।
आयोजकको हैसियतमा कतारले सिधै विश्वकपमा स्थान बनाएको थियो । यस्तै जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबिया छनोट चरण पार गर्दै छनोट भएका हुन् ।
यसअघि २०१८ मा रुसमा भएको विश्वकपमा एसियाबाट ५ टिमले प्रतिस्पर्धा गरेका थिए । अहिलेका आयोजक कतार बाहेक बाँकी पाँच टिमले रुसमा खेलेका थिए ।
यसपटक विश्वकपमा ८ समूहमध्ये ६ समूहमा एसियन टिम समावेश छन् । एसियाबाट छनोट हुने अन्तिम टिम बनेको अष्ट्रेलिया साविक विजेता फ्रान्स रहेको समूह डी मा परेको छ । यस समूहमा डेनमार्क र ट्युनिसिया पनि छन् ।
कतारमा २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म हुने विश्वकपमा अहिलेसम्म ३१ ६म छनोट भइसकेका छन् । अब अन्तरमहादेशीय प्लेअफ अन्तर्गत कोस्टारिया र न्युजिल्याण्डबीचको विजेता विश्वकपमा छनोट हुनेछ ।
कतार विश्वकपमा युरोपबाट सर्वाधिक १३ टिम छनोट हुँदा एसियाबाट ६, अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ टिम छनोट भएका छन् । यस्तै उत्तर अमेरिकाबाट ३ टिम छनोट भएका छन् । अब प्लेअफमा कोस्टारिका विजेता भएमा उत्तर अमेरिकाबाट ४ टिम हुनेछ । यदी न्युजिल्याण्ड विजयी भए ओसियाना क्षेत्रको प्रतिनिधित्व गर्नेछ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech