प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ ।
बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको भन्नेबारे प्रश्न उठ्दा पनि अर्थमन्त्री संसदमा उपस्थित भएर जवाफ नदिएको भन्दै एमालेले अर्थमन्त्री पदमा बसिरहन नैतिक रुपमा नमिल्ने बताएको हो ।
उनले अगाडि भने, ‘करको विषय ज्यादै गोपनीय विषय हो, राष्ट्रिय सुरक्षा जस्तै विषय हो, राष्ट्रिय स्वार्थको विषय हो । यस्ता गोपनीयताहरु बाहिर सार्वजनिक गर्ने, अझ गोपनियताहरुमा साँठगाँठ र मिलेमतो गर्ने जस्ता कुराहरु गम्भीर अपराध मानिन्छन् । त्यसबारेमा छानबिन हुनुपर्दछ । मन्त्रीले नैतिक हिसाबले त्यो जिम्मेवारीमा बस्न मिल्दैन भन्ने मलाई लाग्दछ ।’
कार्यसूची संशोधन गर्न माग
अर्थमन्त्री शर्माले बजेटमा उठेका प्रश्नको आज जवाफ दिने विषय कार्यसूचीबाट हटाउन मागसमेत एमालेले गरेको छ ।
पाण्डेपछि बोलेका एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘यति गम्भीर विषयमा प्रश्न उठिसकेपछि फेरि हामी नेकपा एमालेको तर्फबाट उहाँका (अर्थमन्त्रीका) जवाफहरु सुन्न र उहाँको यो विषयमा छलफल गर्न बिल्कुलै तयार छैनौं । आजको कार्यसूचीबाट यो हटाइयोस् । त्यसपछि मात्रै हामी अरु मन्त्रालयसँग सम्बन्धित कुरामा छलफल गरौंला ।’
त्यसपछि सभामुख अग्नि सापकोटाले यो विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाली कांग्रेसका सांसद सन्जय कुमार गौतमलाई बोल्ने समय दिएका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech