परराष्ट्रमन्त्री नारायण खड्काले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा एक पक्षीय ढंगबाट गरिने निर्णयहरु नेपाललाई मान्य नभएको बताएका छन् ।
कालापानी क्षेत्रमा रहेको भारीय क्याम्प हट्नुपर्ने, नेपालको दार्चुला हुँदै मानसरोवर जाने गरी भारतले बनाएको बाटोको विषयलाई लिएर नेपालमा प्रश्न उठिरहेको छ ।
त्यसलाई रोक्न नेपाल सरकारले कुटनीतिक पहल गर्न नसकेको भनी आलोचना भैरहेका बेला परराष्ट्रमन्त्री नारायण खड्काले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा एक पक्षीय ढंगबाट गरिने निर्णयहरु नेपाललाई मान्य नभएको बताएका हुन् ।
‘लिपुलेक, लिम्पयाधरा, कालापानी लगायतका सबै भू-भागहरु नेपालको भएको र त्यस क्षेत्रमा र सीमा सम्बन्धी विषयहरुमा आपसी समझादारीबिना एक पक्षीय ढंगबाट गरिने निर्णयहरु नेपाल सरकालाई मान्य छैन्’ मन्त्री खड्काले भने ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech