काठमाडौं । नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका                              संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन गठन गर्नुपर्ने माग गरेका हुन् । यो गम्भीर विषय सदनमा प्रवेश भइसकेपछि, सारा जनताले थाहा पाइसकेपछि, मिडियामा आइसकेपछि खास                                  खास घरानाका मान्छेले प्रश्रय दिने गरी करको दरमा हेरफेर भइसकेपछि यो सदन मुकदर्शक भएर बस्न सक्दैन’ उनले भने ।सांसद भट्टराईका अनुसार बजेट निर्माण गर्ने क्रममा जेठ १४ गते राति अर्थ मन्त्रालयमा                            अर्थमन्त्रीको प्रतिनिधि बनेर अनधिकृत व्यक्ति प्रवेश गरेका थिए । उनले विभिन्न व्यापारिक घरानालाई फाइदा हुने गरी करको दर हेरफेर गरेका थिए ।त्यसपछि एमाले सांसदहरु बसेको ठाउँबाट उठेर संसद बैठक                            अवरोध गरेका छन् ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग