जनकपुरधाम । धनुषाका नवनिर्वाचित जनप्रतिनिधिहरुको बुधबार जनकपुरमा सम्मान गरिएको छ ।
लाइफ नेपालले आयोजना गरेको बालविवाह निषेधिकरण सम्बन्धी परामर्श बैठकमा सहभागी जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा औरही गाउँपालिकाका अध्यक्ष उमाशंकर साह र उपाध्यक्ष पुनम देवी, विदेह नगरपालिकाकी उपप्रमुख आशा देवी झा, नगराइन नगरपालिकाकी उपप्रमुख राधा देवी र धनौजी गाउँपालिकाकी उपाध्यक्ष रामवती देवी मण्डललाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । आयोजक संस्थाका अध्यक्ष सुरैत ठाकुरले उनीहरुलाई सम्मान गरेका थिए । सो अवसरमा जनप्रतिनिधिहरुले पालिकामा बालविवाह विरुद्धको अभियानमा हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

औरही गाउँपालिकाका अध्यक्ष साहले शिक्षा अभावमा बालविवाह जस्ता कुरीति समाजमा देखिएको जिकिर गरे ।
आर्थिक संकट र शिक्षा अभावमा यस्तो समस्याहरुले समाज ग्रसित बनेको छ, उनले भने–यसको समाधानको लागि शिक्षामा जोड दिनुपर्छ । शिक्षाको विकास गरेर यस्ता सामाजिक कुरीतिको अन्त्य गर्न सकिने कार्यक्रममा सहभागी उपप्रमुखहरुले बताइन् ।
सो अवसरमा वाल विवाह सम्बन्धित ऐन कानून बारे वक्ताहरुले जानकारी अदान प्रदान गरेका थिए लैंगिक हिंसा नियन्त्रण संजालकी सुभद्रा आलेले वाल विवाह र महिला हिंसा बारे समाजमा फैलिएको विकृतिलाई हटाउन समुदायलाई एकजुट हुनु पर्नेमा जोड दिइन् । महिलालाई समाजिक न्याय र हकको लागि र महिला र पुरुष बीच समानता हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा महिला बालबालिका सेवा केन्द्रका प्रतिनिधि दिपिका ओझाले बालबालिकालाई समाजमा राम्रो वतावरण बनाइ दिन सबैलाई आग्रह गरेकी हुन् ।
कार्यक्रममा लाइफ नेपालका अध्यक्ष ठाकुरले बालविवाह विरुद्धको अभियानलाई प्रभावकारी तरिकाले अगाडि बढाएर पालिका हुँदै जिल्लालाई बालविवाह मुक्त घोषणा गर्ने बताए ।
आ आप्mनो पालिकालाई बालविवाह मुक्त घोषणा गर्ने अभियानमा सहयोग गर्न जनप्रतिनिधिहरुसित उनले आग्रह गरे ।
जिल्लाको १८ वटै पालिका बालविवाह मुक्त घोषणा भइसकेपछि जिल्लालाई घोषणा गर्ने आपूmहरुको लक्ष्य रहेको उनले बताए ।
कार्यक्रममा महिला अधिकारवादी, राजनीति दलका प्रतिनिधि लगायत आयोजक लाइफ नेपालका श्रीप्रसाद मण्डल, डाँली शर्मा, प्रकाश शर्मा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर