जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले शासक वर्गमा केन्द्रीकृत मांसिकता संघीयता कार्यान्वयनको बाधक रहेको दावी गरेका छन् ।नेपाल नगरपालिका संघले बर्दिबासमा आयोजना गरेको बधाई तथा अभिमुखिकरण कार्यक्रमको उदघाट्न गर्दै मुख्यमन्त्री राउतले प्रदेश र स्थानीय सरकारको एकल सुचिमा रहेको अधिकार समेत कार्यान्वयन गर्ने वातावरण संघीय सरकारले बन्न नदिएको गुनासो पोखे ।प्रदेश र स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गर्न खोज्दा संघ सरकारले बखेडा खडा गर्दै संघीयता कार्यान्वयनमा बाधक बन्दै आएको उनले तर्क गरे ।संघले वितिय स्रोत र प्रशासन माथिको अधिपत्य छोड्न नचाहनु केन्द्रीकृत मांसिकताकै निरन्तरता रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले अगामी दिनमा जनसंख्या र मानवीय विकास सूचकांकको आधारमा बितिय श्रोतको बाँडफाँड हुनु पर्ने माँग गरे ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech