Lalbabu Raut | Nepalnews

 

जनकपुरधाम । तलब भत्ताको माग गर्दै प्रादेशिक अस्पताल जनकपुरधामका कर्मचारीहरुले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएका छन् ।मंगलबार बिहान नीजि निवास पुगेर अस्पतालका कर्मचारीहरुले मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाएका हुन् ।प्रादेशिक अस्पतालमा कार्यरत संघीय सरकार र करारका कर्मचारीहरुले तलब नपाएको लगायतका विभिन्न ६ बुँदे मागसहित उनीहरुले मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाएका हुन् ।कर्मचारीहरुले ज्ञापनपत्र बुझाउँदै तत्काल तलब भत्तासहित विभिन्न सेवासुविधाहरु उपलब्ध गराउन मुख्यमन्त्री राउतसँग आग्रह गरे

।नेपाल सरकारद्वारा प्राप्त ९० प्रकारको निःशुल्क औषधिहरू सर्वसाधारणलाई चौबिसै घण्टा सर्वसुलभ तरिकाले अस्पताल फार्मेसीबाट वितरण हुनुपर्ने, विकास समितितर्फ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ, प्रशासनलगायत अन्य कर्मचारीहरूलाई मापदण्ड बनाई सोहीअनुसार आन्तरिक प्रतियोगिताद्वारा स्थायी गर्नुपर्ने, हाल विकास समितिका कर्मचारीहरू स्वतः उमेर हदको कारणले अवकाश हुँदा बिरामी बिदा, घर बिदालगायत सेवा अवधि जोडेर गोल्डेन हेण्डसेकसहितका सेवा सुविधा उपलब्ध गराउनुपर्ने, समितिका कर्मचारीहरूलाई नेपाल सरकारको नियमानुसार अविलम्ब सामाजिक सेवा सुरक्षामा आबद्ध गर्नुपर्ने, कोभिड–१९ को बाँकी भत्ता तुरून्त उपलब्ध गराउनुपर्ने र समितिको आय–व्यय मासिक रूपमा सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।अस्पताल विकास समिति कर्मचारी युनियन प्रादेशिक अस्पताल एकाई समितिका अध्यक्ष मोहम्मद सफी अहमद अञ्सारी (लालबाबु)ले मुख्यमन्त्री राउतलाई ज्ञापानपत्र बुझाउँदै तत्काल आफूहरुको समस्या समाधान गर्न आग्रह गरेका छन्

सम्बन्धित खवर