जनकपुरधाम । अवैध रुपमा नदीजन्य पदार्थ उत्खन्न कार्यमा संलग्न सवारीसाधन धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।गएको आइतबार प्रहरीले धनुषाको विभिन्न स्थानबाट यस्ता सवारीसाधन नियन्त्रणमा लिएको हो ।अवैध रूपमा मापदण्ड विपरित बालुवा, गिट्टी उत्खन्न गर्ने सवारी साधनहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।बटेश्वर गाउँपालिका वडा नं. ३ स्थित कटानी खोलामा अवैध रूपमा बालुवा, गिट्टी र ग्राभेल उत्खन्न गरी लोड गरि रहेको अवस्थामा प्रहरी चौकी बटेश्वर र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले ना.१ क. ८०६२, ना.१ क. ६९७४ नं. र ना.८ ख. ११३८ नं. को टिपरहरू नियन्त्रणमा लिएको हो ।
यसअघि गएको शुक्रबार गणेशमानचारनाथ न.पा. वडा नं. ९ बरमझिया सडक खण्डमा प्रहरीले चेकजाँच गर्ने क्रममा अवैध रुपमा गिट्टी लोड गरि लगि रहेको अवस्थामा प्रदेश २–०१–००१ क. ००५०, प्रदेश २–०१–००१ क. ००५६,स. १ ख. ९१० नं. को टिपरहरू नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको टिपरहरु आवश्यक कारवाहीको लागि सोमबार जिल्ला समन्वय समितिको कार्यालय धनुषामा पठाएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech