जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९।०८० को लागि बुधबार (आज) बजेट सार्वजनिक गर्ने भएको छ ।प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले आर्थिक वर्ष २०७९।८० को बजेट प्रस्तुत गर्ने भएका छन् ।बजेट सार्वजनिक गर्नको लागि प्रदेशसभाको बैठक अपरान्ह ४ बजेको लागि तोकिएको छ । संविधानले प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउने बाध्यात्मक व्यवस्था गरेको छ । संघीय सरकारले यसअघि जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ ।आगामी आर्थिक वर्षमा प्रदेश सरकारको बजेटको आकार केही फराकिलो हुने प्रादेशिक नीति आयोगले जनाएको छ ।
कोरोनाका कारण चालु आर्थिक वर्षमा अपेक्षा अनुसार काम हुन नसकेकोले आगामी आर्थिक वर्षमा बजेटको आकार केही फराकिलो हुन गएको बताइएको छ । यसअघि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम गएको जेठ २६ गते सर्वसम्मतले पारित भएको थियो । गएको जेठ २२ गते प्रदेश प्रमुख हरिशंकर मिश्रले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेको हो । आगामी बजेट मधेश प्रदेश सरकारको अन्तिम बजेट हुने भएको छ । पाँच वर्षे कार्यकालको अन्तिम बजेट प्रस्तुत भने प्रदेश सरकारका अर्थमन्त्री साहले गर्न लागेका हुन् । यसअघि लगातार चार पटक तत्कालीन अर्थ मन्त्री विजय कुमार यादवले प्रदेशसभामा सरकारको बजेट प्रस्तुत गरेका थिए
Copyright © 2024, All Rights Reserved | Developed By ProTech