जनकपुरधाम । सौन्दर्यीकरणको नाउँमा जानकी मन्दिरको स्वरुप बिगारेको आरोप लागेको छ ।मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले सौन्दर्यीकरणको नाउँमा मन्दिरका स्वरुप नै भत्ताभुंग पारिएको आरोप लगाए ।दुई वर्ष अघि मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिरको सौन्दर्यीकरण गरिएको छ ।स्वच्छता अभियानका डीई ई. भगवान झाको रेखदेखमा ठेकेदार खुशिलाल ठाकुरले पेटि ठेक्कामा जानकी मन्दिर सौन्दर्यीकरणको काम गरेका थिए । तोकिएको भन्दा निकै ढिलो गरी सम्पन्न गरेको काम पनि गुणस्तरहीन पाइएको छ ।
प्रदेश सरकारको मेगा प्रोजेक्ट मानिएको जानकी मन्दिर सौन्दर्यीकरण अन्तर्गत लगाइएको टाइल्स्, मार्बल फुट्न थालेको छ ।घरमा प्रयोग हुने टाइल्स् र मार्बल मन्दिर प्राङ्गनमा प्रयोग गर्दा लगाइएको एक वर्ष नबित्दै फुट्न लागेको प्राविधिकहरु बताउँछन् । गुणस्तरी सामग्रीको प्रयोग नहुँदा संरचना बिग्रिन थालेको एक प्राविधिकले बताए ।साबिककै संरचनामा हुँदा मन्दिर सुन्दर र व्यवस्थित देखिन्थ्यो, महन्थ राम तपेश्वर दास वैष्णवले भने–सौन्दर्यीकरणको नाउँमा बर्बाद गरेको छ ।सौन्दर्यीकरणको काम भइरहेकै बेला आपूmले रोकेको थिए, तर पनि गरियो । परिणाम सामुन्ने छ ।
मुख्यमन्त्री स्वच्छता अभियानका प्रमुख ई. भगवान झाले कामको अनुगमन गर्नुका साथै मुल्यांकन समेत गरेका थिए । गुणस्तरहीन कार्य भइरहेको बारे ई. झालाई जानकारी गराएपनि उनले ल्याब टेष्ट (परीक्षण) भएर आएको भन्दै अटेर गरेको महन्थ दासले आरोप लगाए ।उनले सौन्दर्यीकरणको कामलाई गुणस्तरीय बताउँदै पेटीठेकामा काम गरेका ठेकेदारको भुक्तानी दिन सिफारिस गरेका थिए ।सौन्दर्यीकरणको नाउँमा जानकी मन्दिर प्रवेश गरेका ई.झाले अहिले त्याहा आप्mनो वर्चश्व जमाएको श्रोत बताउँछ । जानकी मन्दिरको महत्वपूर्ण निर्णयमा ई. झाको भूमिका हुने गरेको छ ।स्वच्छता अभियानको प्रमुख हुँदै ई. झा गत वर्ष साउन २ गतेबाट अनिवार्य अवकासमा गएका थिए । अवकास विरुद्ध उनी उच्च अदालत गएपनि पैmसला भने उनको विरुद्धमा गएको थियो ।
स्थानीय तहको निर्वाचन ताका उनी मधेशवादी दलबाट टाढिदै नेकपा एमाले प्रवेश गरेका छन् ।जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो आरोप लगाए ।महन्थ दासले मधेश प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मन्दिरको सौन्दर्यीकरण र विद्युतिकरणको नाममा मन्दिरको विभिन्न भागमा तोडफोड गरी पुरातात्विक स्वरुप नै बिगारेको आरोप लगाए ।मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत जानकी मन्दिर परिसर तथा मन्दिर भित्र टाइल्स, मार्बल, गेट निर्माण तथा मरम्मत सहितका सौन्दर्यीकरणका काम तथा प्रदेश सरकारकै कार्यक्रम अन्तर्गत वृहत्तर जनकपुर क्षेत्र विकास परिषदद्वारा गरिएको विद्युतीकरणमा भ्रष्टाचार भएको महन्थ दासको दावी छ ।
‘७ करोड २० लाखको लागतमा मन्दिर प्रांगणमा लगाइएका टाइल्स, मार्बल एक वर्ष पूरा नहुँदै फुटेको छ ।प्रदेश सरकारको ११ करोड रुपैयाँको बजेटमा गत वर्ष वृहतरले जडान गरेको लाइट केही महिनामै बिग्रेर थन्केको छ, उनले भने,‘ कमसल सामाग्रीको प्रयोग भएकोले टाइल्स मार्बल फुटन थालेका छन् । सौन्दर्यीकरणमा प्रदेश सरकारका मन्त्री, कर्मचारी र ठेकेदारले भ्रष्टाचार गरेका छन् भने लाइटिङ्गको काममा वृहतर र सम्बन्धित मन्त्रालयका कर्मचारी तथा मन्त्रीले भ्रष्टाचार गरेका छन् ।’सरकारी रकम भ्रष्टाचार गर्न नपाएर प्रदेश सरकारका पदाधिकारी र कर्मचारीहरुले विभिन्न बहानामा जानकी मन्दिरमा सौन्दर्यीकरण र लाइटिङ्गको काम अघि बढाएको महन्थ दासको आरोप छ ।
उनले मन्दिरमा कुनै काम गर्न प्रदेश सरकारले आफूसँग सोधपुछ नै नगरी मनोमानी तरिकाले मन्दिरको पुरातत्वमा असर पर्ने गरी तोडफोड गरेको आरोपसमेत लगाए ।उनले भने, ‘विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियामा रहेको यस मन्दिरको पुरातात्विक वस्तुलाई अहिलेसम्म छेडछाड गरिएको थिएन । तर प्रदेश सरकारले सौन्दर्यीकरणको नाममा तोडफोड गरी मन्दिरको पुरातात्विक स्वरुपलाई समेत बिगारेको छ ।’
Copyright © 2025, All Rights Reserved | Developed By ProTech