महन्थ ठाकुर Archives - Himal Sancharकाठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७९÷८० को विनियोजन विधेयक संसद्बाट पारित भएलगत्तै नागरिकता सम्बन्धी विधेयक ल्याउने आश्वासन दिएका छन् । प्रधानमन्त्री देउवाले सोमबार छलफल गर्न पुगेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का नेताहरुलाई यस्तो आश्वासन दिएका हुन् । बजेट विधेयक पारित भए लगत्तै लोसपाको माग सम्बोधन गर्ने बचन दिनुभएको नेता लक्ष्मण लाल कर्णले बताए ।लोसपाका नेताहरुले भेटवार्ता गरी आफ्ना मागको स्मरण गराएका थिए ।प्रधानमन्त्री निवास बालुवाटार पुगेका लोसपा अध्यक्ष महन्थ ठाकुर नेतृत्वको प्रतिनिधिण्डलले यही जेठ २४ गते बुझाएको ११ बुँदे मागसहितको ज्ञापनपत्रबारे ध्यानाकर्षण गराएको हो ।

प्रधानमन्त्री समक्ष हालै बुझाएको मागको ‘फलोअप’ को रुपमा भेटगरी छलफल भएको लोसपाका नेता कर्णले बताए । “हामी (लोसपा) ले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनबारे फलोअपस्वरुप भेटघाट गरेका हौँ, बजेटपछि मागको सम्बोधन हुन्छ भन्नुभएको छ”, नेता कर्णले बताए ।लोसपाले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिनुपर्ने तथा आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै प्रधानमन्त्री समक्ष ज्ञापन बुझाएको थियो । अध्यक्ष ठाकुरका साथमा नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, कर्णलगायतका नेताहरू बालुवाटार पुगेका थिए ।

सम्बन्धित खवर