मधेश प्रदेशले ‘प्रदेशसभा निर्वाचन क्षेत्र विकास कार्यक्रम’ अन्तर्गत आगामी आर्थिक वर्षको लागि २ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा मधेशका ६४ जना प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यहरुले छानेका योजनामा ३ करोडको दरले १ अर्ब ९२ करोड रकम खर्च गरिंदैछ ।

समानुपातिक तर्फका ४३ जना प्रदेश सभा सदस्यको योजनाका लागि १ करोडको दरले ४३ करोड रुपैयाँ विनियोजन भएर काम हुँदैछ ।

सोही अनुसार यसवर्ष पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।

मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आव २०७९र०८० का लागि सांसदहरुको तजविजमा खर्च गर्ने गरी ठूलो बजेट छुट्याएका हुन् ।

चालु आर्थिक वर्षमा पनि ‘प्रदेशसभा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’का लागि २ अर्ब ३५ करोड विनियोजन गरिएको थियो ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग