महोत्तरी जिल्ला समन्वय समिति गठनमा जसपा र कांग्रेसले तालमेल गर्ने - Nepal Bahas Nepal Bahas

जनकपुरधाम । महोत्तरीमा पालिका प्रमुख र उपप्रमुखले पैसा लिएर मत बेचेका छन् । महोत्तरी जिल्ला समन्वय समितिको निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखले पैसा लिएर विपक्षीलाई मतदान गरेको आरोप लागेको हो । गठबन्धनका मेयर र उपमेयरले आप्mनो मत बेचेपछि अप्रत्यासित परिणामको सामना गर्नुपरेको जनता समाजवादी पार्टी(जसपा) महोत्तरीका अध्यक्ष रामप्रगास यादवले बताए । यादवका अनुसार कांगे्रसका दुई र जसपाका एक जना विक्रि भएको हो । दुवै दलमा मतदाता(प्रमुख र उपप्रमुख) विक्रि भएका छन् । विक्रि हुँदा प्यानलै मत विपक्षी उम्मेदवारलाई दिएको हो, उनले भने–विक्रि नहुँदा कुनै एक जना उम्मेदवारको मत क्रस भएको हुने थियो । तर, जसपा–कांग्रेस गठबन्धनका कुनै उम्मेदवारलाई मत आएको छैन् । सबै जना पराजित भएका छन् । यसले पैसा लिएर गठबन्धनसित घात गरेर विपक्षी उम्मेदवारलाई मतदान गरेको स्पष्ट भएको अध्यक्ष यादवले दावी गरे ।

जिल्ला समन्वय समिति महोत्तरीको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका सुमन कुमार लाल कर्ण विजयी भएका छन् । कर्ण १६ मत ल्याएर प्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी जनता समाजवादी पार्टी(जसपा) नेपालका कृष्णाशंकर साहले १४ मत ल्याएका छन् । जिसस महोत्तरीमा ३० जनाले मतदान गरेका थिए । जसपा–नेपाली कांग्रेस गठबन्धनका मतदाताले अन्तर्घात गर्दै विपक्षी उम्मेदवारलाई मत दिएका छन् । जिसस प्रमुखमा तीन जना मतदाताले विपक्षीलाई मतदान गरेपछि जसपा–कांग्रेस सत्ता गठबन्धनका संयुक्त उम्मेदवार साह पराजित भएका छन् । सत्ता गठबन्धनको १७ मत हुँदा लोसपा–नेकपा एमाले–तमलोपा– स्वतन्त्र गठबन्धनको १३ मत थियो । तर, गोप्य मतदानमा परिणाम अप्रत्यासित आएको छ । सत्ता गठबन्धन उम्मेदवारको सहज जित देखिएपनि अन्तर्घातका कारण पराजयको सामना गर्नुपरेको छ । सत्ता गठबन्धनमा अन्तर्घात हुने शंका जसपाका नेताहरुको थियो । कांगे्रसका मतदाताले अन्तर्घात गरेको जसपाको ठहर छ । कांग्रेसको ६ मत थियो भने जसपाको ११ मत रहेको थियो ।

यस्तै उपप्रमुखमा गोलाप्रथाबाट नेकपा एमालेका नन्दु महरा निर्वाचित भएका हुन् । गोलाप्रथाबाट महरा विजयी भएकोे सहायक निर्वाचन अधिकृत ठाकुरचन्द्र त्रितालले जानकारी दिए । महरा र सत्ता गठबन्धन उम्मेदवारको मत समान १५–१५ आएपछि गोलाप्रथाबाट निर्णय गरिएको थियो । गोलाप्रथामा नेपाली कांग्रेसका उम्मेदवार धर्मेन्द्र यादव पराजित भएका हुन् ।

सदस्यहरुमा स्वतन्त्र उम्मेदवारद्वय श्याम कुमार तामांग र हरिप्रसाद गौतम तथा लोसपाका सरयुग यादवले १५÷१५ मत ल्याएर निर्वाचित भएका छन् । जसपा–कांग्रेस गठबन्धनका उम्मेदवारले १४–१४ मत ल्याएका थिए । महिला सदस्यमा लोसपाकी रिता देवी, नेकपा एमालेकी लक्ष्मी कुमारी परियार र गोलाप्रथाबाट तमलोपाकी जैसोदेवी निर्वाचित भएकी छन् । अल्पसंख्यकबाट १५ मत ल्याएर रामलखन पजियार निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांगे्रसका बौवालाल राउत बरैले १४ मत ल्याएका थिए ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग