Here's what you can do when you are in Janakpurसौन्दर्यीकरणको नाउँमा अघिल्लो समय जानकी मन्दिरको स्वरुप नै फेरिने गरी काम गरिएको छ । टिकमगढकी महारानी वृषभानु कुमारीले निर्माण गरेकी जानकी मन्दिरको बनौट आपैmमा अनौठो र आकर्षक छन् । तर, प्रदेश सरकारले जानकी मन्दिरलाई थप आकर्षक र सुन्दर (सौन्दर्यीकरण) गर्न करोडौको बजेट विनियोजन गरेर मन्दिर परिसरमा टाइल्स्, मार्बल लगाउन लगाए । पेटी ठेक्कामा भएको सौन्दर्यीकरण कार्यमा गुणस्तरहीन सामग्री प्रयोग गरियो । नतिजास्वरुप लगाइएको टाइल्स् र मार्वल केही दिन नबितदै फुटेको छ । बिचमै फुटेका कारण मन्दिर परिसर कुरुप देखिएको छ । सौन्दर्यीकरण गर्ने ठेकेदारलाई तत्काल मर्मतसम्भार गराउन लगाई यस्ता कामहरु आगामी दिनमा नगर्न दिन मन्दिर व्यवस्थापन पक्षसँगै नगरबासीपनि सचेत हुनुपर्छ । सौन्दर्यीकरण गर्ने कार्य आपैmमा राम्रो हो । प्रदेश सरकारले ल्याएको कार्यक्रमको सदुपयोग हुन नसक्दा जानकी मन्दिरको स्वरुपबाट खेलबाड भएको छ । यसमा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ । ताकी भविष्यमा यस प्रकारको दुष्हास अरु कसैले नगरोस् । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत गरिएको सौन्दर्यीकरण कार्यमा संलग्न ठेकेदार र प्राविधिकमाथि छानविन गर्नुपर्छ । यस्ता सिंगो हिन्दु समाजलाई नै ठेस पुर्याउने कार्य गर्नेलाई कानूनी दायरामा ल्याउन सामाजिक स्तरबाट पनि दबाब सिर्जना गर्नुपर्ने आवश्यक्ता देखिन्छ । जानकी मन्दिरमा बजेट ल्याएर भ्रष्टाचार गर्नको लागि काम गरिएको महन्थ रामतपेश्वर दास वैष्णवले समेत आरोप लगाएको छ । उनको आरोपको सत्यतथ्य बुझेर दोषिमाथि कारबाही गर्नुपर्छ । जनकपुरको धरोहरमाथि खेलवाड गर्ने अधिकार कसैको छैन् । जसले यो आँट गर्छ, उनलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । दैनिक सयौको संख्यामा मन्दिरमा श्रद्धालुभक्तजन पुग्ने गरेका छन् । उनीहरुले मन्दिरको अवस्था देखेर चिन्तित हुने गरेका छन् । मन्दिरमा रकमको अभाव नभए पनि जीर्ण बन्दै गएको छ । प्रदेश सरकारको पर्यटन मन्त्रालयले उपलब्ध गराएको करोडौ रकमबाट मन्दिरको मुल संरचनामा विधुतिकरण गरिएको थियो । पूर्ण रुपमा विधुतिकरण हुन नपाउँदै बिग्रेर थन्किएको हो । त्यसवापत प्रदेश सरकारले उपलब्ध गराएको बजेटमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्माथि भ्रष्टाचारको आरोप लागेको छ । तर, त्यसको पनि छानवीन हुन सकेको छैन् । यसरी जानकी मन्दिर जस्तो धरोहरमा विभिन्न कामको बहानामा भइरहेको आर्थिक अनियमितता विरुद्ध समाज पनि एकजुट हुन जरुरी छ ।

सम्बन्धित खवर