गए रति धनकौल गाउँपालिका–५, छठीघाट पुलमा शनिबार मध्यराति नौ जना सबार बीआर ०५ एआर ५१३७ नम्वरको कार दुर्घटनामा परेको हो।

दुर्घटनामा रौतहटको वृन्दावन नगरपालिका–४ हरैया निवासी शुभलाल यादवका छोरा ४ वर्षीय गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्लाहीका छतौनाबाट छठियारको भोज खाएर रौतहटको वृन्दावनको हरैयातर्फ फर्किदै गरेका यात्रु सवार कार शनिबार राती १ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक चन्देश्वर यादवका अनुसार घाइतेमध्ये ७० वर्षीय महेन्द्र रायको अवस्था गम्भीर छ । घाइते सबैको अहिले बरहथवाका स्थानीय क्लिनिकमा उपचार भइएको छ।

दुर्घटनापछि कारका चालक फरार भएका छन् । कार चालकको खोजी र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर