जलेश्वर । लोेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले विगतदेखि अल्झँदै आएको नागरिकता विधेयक असार महिना भित्रै पारित हुने दावी गरेका छन् । महोत्तरीको औरही नगरपालिकाको १०औँ नगरसभाको शुक्रबार उद्घाटन गर्दै उनले सत्तारुढ गठबन्धनसँग चाँडै नागरिकता विधेयक पारित गरिने सहमति भएको बताए । नागरिकता विधेयक पारित भएपछि मधेशको विगतदेखि बल्झिएको समस्या समाधान हुने उनको विश्वास छ ।
सत्तारुढ पाँचदलीय गठबन्धनसँग हाम्रो भएको सहमति पालना भए यही असारभित्रै विधेयक पारित हुनेछ, नेता भण्डारीले भने, सहमति पालना हुने विश्वासले यो चाँडै पारित हुन्छ भन्न सकिएको हो । वैवाहिक अङ्गीकृत महिलाले यसअघि पाउँदै आएका नागरिकताको सहुलियत अहिलेको विधेयक मस्यौदामा फरक पारिँदा समस्या भएको भण्डारीको भनाइ छ । मस्यौदामा नेपालीसँग विवाह भएकी विदेशी महिलाले नागरिकता पाउन सात वर्ष कुर्नुपर्ने लेखिएको सच्याउनुपर्ने आपूmहरूको माग रहेको भण्डारीले स्पष्ट पारे ।
भण्डारीले नगरसभाबाट किसानलाई आधिकाधिक सहुलियत र शैक्षिक विकासमा जोड दिन स्थानीय तहका जनप्रतिनिधिसँग आग्रह गरे । नगरसभामा औरहीका नगरप्रमुख प्रदीप खड्काले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु ४४ करोड २४ हजारको अनुमानित आय–व्ययको बजेट र नीति तथा कार्यक्रम छलफलका लागि प्रस्तुत गरे । सो अवसरमा मधेश प्रदेशसभाका सदस्य अभिराम शर्मा र जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमारलाल कर्णसहितका वक्ताले नगरसभा सफलताको शुभकामना व्यक्त गरे ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech