जनकपुरधाम । पर्सा जिल्लाको पर्सागढी नगरपालिकाको सातौ नगरसभा वडाध्यक्षहरुले बहिष्कार गरेका छन् ।
नगर प्रमुख गोकर्ण पाठकले एकलौटी गरेको भन्दै नगरपालिकाका ६ जना वडाध्यक्ष, कार्यपालिका सदस्यहरुले सभा बहिष्कार गरेका हुन् ।
नगरपालिकाले शुक्रबार सातौ नगरसभाको आयोजना गरेको थियो ।
वडाध्यक्षहरु शेख खुर्सिद, नवल किशोर प्रसाद कलवार, सुकमान तामाङ्ग, सुन्दरी शंकर राय, रामबढाई प्रसाद यादव, कार्यपालिका सदस्य सुनरी देबी थरुनी लगायतले सभा बहिष्कार गरेका हुन् ।

बिषयगत समिति आफ्नो राजिखुसी बाँडफाँड गरेको, नीति तथा कार्यक्रममा उनको भाई बिनोद पाठक भन्ने देव पाठकले धांधली गरेको उनीहरुले आरोप लगाए ।

बहिष्कारका बीच नगर उपप्रमुख पुजा चौधरीले आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छी बिकास, पर्यटन प्रबद्र्धन, कला साहित्य र कृति प्रवद्र्धन, घरेलु उद्योग, सहकारी, स्वास्थ्य सरसफाइ पोषण तथा खाद्य सुरक्षा , शिक्षा, महिला बालबालिका, आदिवासी जनजाति, पिछडा वर्गको उत्थानलाई प्राथमिकतामा राखेको छ ।

उपप्रमुख चौधरीले आगामी आर्थिक वर्षको लागि नगरपालिकाले ५८ करोड ८१ लख ५९ हजारको बजेट सार्वजनिक गरेकी छन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव लगायत नगरपालिकाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर