लालबन्दी । सर्लाहीका १५ वटा पालिकाले शुक्रबार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।२० वटा पालिकामध्ये शुक्रबार १५ वटा पालिकाले एकैसाथ आ–आफ्नो सभामार्पmत बजेट ल्याएका हुन् ।
जिल्लाको लालबन्दी, हरिवन, बागमती, ईश्वरपुर, हरिपूर्वा, मलंगवा, गोडैता, बलरा र बरहथवा नगरपालिकाले नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । त्यसैगरी, चन्द्रनगर, ब्रम्हपुरी, चक्रघट्टा, बसबरिया, कौडेना र रामनगर गाउँपालिको पनि शुक्रबार नै बजेट प्रस्तुत गरेका छन् ।
धनकौल गाउँपालिका र विष्णु गाउँपालिकाले गाउँसभा गर्न सकेनन । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै पालिकाले असार १० गतेभित्र आ–आफ्नो सभामा बजेट पेस गर्नुपर्ने व्यवस्था गरेको छ । तर, सर्लाहीको यि दुई पालिकाले भने असार १० गतेभित्र गाउँसभामा बजेट पेस गर्न असफल भएका हुन् ।
विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवले एक साताभित्रै गाउँसभा गर्ने बताए । उनले आफ्नो काम गर्ने शैली नै फरक रहेकाले हचुवाको भरमा नभई सुझबुझ किसिमले बजेट ल्याउने तर्क गरे । यसबीचमा आफू प्रदेश र संघीय सरकारको विभिन्न कार्यक्रममा सहभागी हुन गएकाले ब्यस्त भएको गाउँपालिका अध्यक्ष यादवको भनाई छ ।यस्तै, जिल्लाको धनकौल गाउँपालिकाले भने असार १३ गते गाउँसभा गर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष रामआश्रय साहले वडा नं. २ का वडाध्यक्ष रामबहादुर सहनी बिरामी भई उपचार गर्न काठमाण्डौंं गएको र वडा नं. ७ का वडाध्यक्ष रामलखन राय केही दिनदेखि आफन्तको विवाहमा सरिक हुन गएकाले बेलैमा गाउँसभा गर्न नसकिएको बताए । जिल्लाको हरिपुर नगरपालिका, कविलासी नगरपालिका र पर्सा गाउँपालिकाले भने बिहीबार नै नीति तथा कार्यक्रम र बजेट पेश गरेका थिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech