काठमाण्डौ । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका नेताहरुले आप्mनो मागलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई ताकेता गरेका छन् । लोसपाका नेताहरु शनिबार बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई अफनो मागबारे अवगत गराएका छन् । नागरिक सम्बन्धी समस्या, मुद्दा फिर्ता लगायतको माग लिएर केही दिन अघि लोसपाका अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा गएका नेताहरुले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमाथि पहल गर्ने आश्वासन दिएर फर्काएका प्रधानमन्त्री देउवालाई एक साता अघि पनि ताकेता गर्न लोसपाका नेताहरु बालुवाटार पुगेका थिए । प्रधानमन्त्री देउवाले सरकारमा आउन आग्रह गरेपछि लोसपाका नेता र प्रधानमन्त्री देउवा बीच भेटघाट बाक्लिएको हो । प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन आग्रह गरे लगत्तै लोसपाका नेताहरुले नारिकता समस्या लगायतको माग लिएर ज्ञापनपत्र बुझाएका थिए ।
माग पूरा हुने ठोस आधार देखिएपछि सरकारमा सहभागी हुने लोसपाका नेताहरुले संकेत गरिसकेका छन् । शनिबार भएको भेटमा नागरिकता विधेयकबारे छलफल भएको नेताहरुले बताएका छन् । नागरिकता विल आएन, चाँडै ल्याउनुस् भन्न गएका थियौं ।
प्रधानमन्त्रीजीले कानुनमन्त्रीलाई जिम्मा दिएको छु, भोलि(आइतबार)सम्म ल्याउनुहोला भन्नुभयो,’ लोसपा नेता लक्ष्मणलाल कर्णले बताए । सत्तारुढ गठबन्धनमा अंगीकृत नागरिकताबारे मौन बसेर भएपनि नागरिकता विधेयक ल्याउने छलफल भइरहेको छ । भेटमा आफूहरुले अघि सारेको राजनीतिक मुद्दा फिर्ता लगायतका विषयमा पनि छलफल भएको उनले बताए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech