जनकपुरधाम । आगलागी पीडितलाई जनकपुरधाम उपमहानगरपालिकाले २ लाख रुपैयाँ सहयोग गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ स्थित ओम पशु सेवा केन्द्रलाई जनकपुरधाम उपमहानगरपालिकाले राहत स्वरुप दुई लाख रुपैया सहयोग गरेको हो ।
आगलागीका कारण उक्त पशु सेवा केन्द्रमा लाखौंको क्षति भएको थियो ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले आइतबार ओम पशु सेवा केन्द्रका संचालक विजय कुमार यादवलाई २ लाखको चेक हस्तान्तरण गरेका हुन् । गएको जेठ १९ गते आगलागीका कारण एक गाई सहित २५० हाँस जलेको थियो भने ६ वटा गाई घाइते र गोठ पुर्ण रुपमा जलेर नष्ट भएको थियो ।
आगलागीमा परि पशु सेवा केन्द्रका संचालक यादव समेत घाईते भएका थिए । आगलागीका कारण ठुलो क्षति भएकाले केही राहत होस् भने उद्देश्यका साथ राहत प्रदान गरिएको नगर प्रमुख साहले बताए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech