राजविराज । जिल्ला समवन्य समिति सप्तरी र रौतहटको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । जिसस सप्तरीको प्रमुखमा नेपाली कांग्रेसका शिवनारायण साह विजयी भएका छन् । साहले २३ मत ल्याएर जिसस प्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी जनता समाजवादी पार्टी(जसपा) का छेदी अरगरिया यादवले ११ मत ल्याएका छन् । उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का शम्भु कुमार यादव विजयी भएका छन् । यादवले २० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेबाट देवकान्त चौधरीले १४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जनाएको छ ।

खुल्ला सदस्यमा नेपाली काँग्रेसबाट जागेश्वर यादवले २३ मत, जनमत पार्टीबाट बुद्धिलाल चौधरी २४ र लोकतान्त्रिक समाजवादी पार्टीका सत्यनारायण मण्डलले २० मत ल्याएर निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टीबाट अबधेश मुखिया, माओवादी केन्द्रबाट गुल्टेन यादव, एमालेबाट जानुद्दिन मियाँ चुरौटे, रविन्द्र नाथ चौधरी र लोकतान्त्रिक समाजवादीबाट सत्यनारायण मण्डलले उम्मेदवारी दर्ता गराएका थिए । जनमतबाट धनवती देवी सरदारले २३, एकीकृत समाजवादीबाट सविता कुमारी साह २३ र नेपाली काँग्रेसबाट रन्जिता कुमारी चौधरीले २२ मत ल्याएर महिला सदस्यमा निर्वाचित भएका छन् ।

महिला सदस्यको लागि जनता समाजवादी पार्टीबाट आशा कुमारी तामाङ, आशा देवी झा, नेकपा एमालेबाट बैजनाथ देवी थरुनीले पनि उम्मेदवारी दिएकी थिइन् । दलित अल्पसंख्यकतर्फ एकीकृत समाजवादीका बौरही भगतले २३ मत ल्याएर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिए ।

जिल्ला समवन्य समिति सप्तरीको निर्वाचनमा ३६ जना मतदाता रहेका छन् । जसमा नेपाली काँग्रेस १२, जसपा ८ लोसपा ५ एमाले ४ जनमत ३ माओवादी २ र एस २ जना छन् ।

जिल्ला समन्वय समिति रौतहटमा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । सत्ता साझेदार जसपा जिससको निर्वाचनमा बाहिर बसेको छ ।

१८ स्थानीय तहको कुल ३६ मतमा कांग्रेसबाट सभापति पदका उम्मेदवार रामअयोध्या यादव २६ मत प्राप्त गरी विजयी बनेका छन् । उपसभापतिमा एकीकृत समाजवादीका महेश बैठाले २५ मत प्राप्त गरेर जित हासिल गरेका छन् ।

सदस्यतर्फ कांग्रेसका अशोककुमार झा, इन्दु देवी, बिजुलिया पासवान र शेख मोज्जमिल समान २५ मत प्राप्त गरी विजयी बनेका छन् ।

अन्य सदस्यमा समाजवादीका किरण देवी पण्डित, सरफलाल यादव र माओवादीका महिला सदस्य कमला ढकाल विजयी भएको कांग्रेसका नेता अर्जुन यादवले जानकारी दिए ।

एमालेबाट सभापति पदका उम्मेदवार शेरबहादुर पटेलले पाँच मत प्राप्त गरे । दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहटमा गठबन्धनको २४, एमालेको पाँच र जसपा–लोसपाको सात मत थियो ।

सम्बन्धित खवर