जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ स्थित रामजानकी माध्यमिक विद्यालय झिटकहियाका प्रअमाथि र्दुव्यवहारको नेपाल शिक्षक संघ धनुषाले भत्र्सना गरेको छ ।

नेपाल शिक्षक धनुषाका सचिव सुरेश कुमार यादवले आइतबार एक विज्ञप्ति जारी गरेर घटनाको भत्र्सना गरेका हुन् ।

कानूनी राज्यको उपहास हुने गरी प्रधानाध्यापकमाथि र्दुव्यवहार गर्नेमाथि कारबाहीको माग विज्ञप्तिमार्पmत गरेका छन् ।

यसअघि पनि औगरही गाउँपालिकाका अध्यक्षले एक जना शिक्षकमाथि र्दुव्यवहार गरेको थियो । गाउँपालिका अध्यक्षले र्दुव्यवहार गरेको घटना सेलाउन नपाउँदै औरही गाउँपालिका–१ म रहेको मावि झिटकहियाका प्रअ मदन महरालाई शनिबार केही व्यक्तिहरुले कालोमोसो दलेर र्दुव्यवहार गरेका थिए ।

शनिबार आयोजित अभिभावक भेलामा गैर–अभिभावकको भिडले प्रधानाध्यापक महरामाथि कालोमोसो दल्दै र्दुव्यवहार गरेको हो ।

विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर प्रधानाध्यापक महरामाथि गैर लोकतान्त्रिक शैलीमा हातपात गर्नुका साथै अभद्र व्यवहार गरेको जनाइएको छ । सोही क्रममा विद्यालयका कार्यालय सहयोगी जितो यादवले प्रधानाध्यापकलाई बचाउन खोज्दा उनीमाथि पनि कुटपिट गरिएको बताइएको छ ।

प्रदेश सरकारबाट शैक्षिक सुदृढिकरण तथा सामान्य मर्मतसम्भारका लागि प्राप्त ३० लाख र संघीय सरकार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चारकोठे भवन निर्माणका लागि प्राप्त ३६ लाख रुपैयाँ सदुपयोग गर्ने बारे सरसल्लाह गर्नका लागि आयोजित अभिभावक भेलामा अर्कै विषयलाई मुद्दा बनाएर केही व्यक्तीले महरामाथि र्दुव्यवहार गरेका थिए ।

प्रअ महरामाथि र्दुव्यवहार गर्नेलाई कानुनी दायरामा ल्याएर कारबाही प्रक्रिया अघि बढाउन नेपाल शिक्षक संघले माग गरेको छ । कारबाही प्रक्रिया अगाडि नबढाए आन्दोलनमा उत्रिने चेतावनी नेपाल शिक्षक संघ धनुषाले दिएको छ

सम्बन्धित खवर