मो.इन्तेखाब आलम

जनकपुरधाम । धनुषा जिल्लामा पाठ्यपुस्तकको चरम अभाव छ । शैक्षिक सत्र सुरु भएको दुई महिना बित्न लागेपनि जिल्लामा पाठ्यपुस्तकको अभाव कायमै छ । कक्षा ६, ८ र ९ को पाठ्यपुस्तकको बढी अभाव देखिएको छ । अहिलेसम्म जिल्लामा कक्षा ६, ८ र ९ को करिब ६० प्रतिशत पाठ्यपुस्तक मात्र उपलब्ध भएको जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरका रमेश यादवले बताए । यादवका अनुसार आउँदो १० दिन भित्र बाँकी पाठ्यपुस्तक आउने अनुमान गरिएको छ । प्रथम त्रैमासिक परीक्षा नजिकिदै गएपनि सामुदायिक विद्यालयमा अध्ययनरत्त छात्रछात्राको हातमा पाठ्यपुस्तक पुगेको छैन् । जसका कारण पठनपाठन समेत प्रभावित हुदै आएको छ । पाठ्यपुस्तक अभावमा कयौ विद्यालयले नियमित पठनपाठन गराउन सकेको छैन् । गएको जेठ पहिलो सातादेखि जिल्लामा पाठ्यपुस्तक विक्रि वितरण शुरु भएको थियो । पाठ्यपुस्तक माग अनुसारको उपलब्ध नहुँदा अभाव भएको उनले बताए ।

कक्षा ४ देखि १० सम्म करिब ६ हजार सेट पाठ्यपुस्तकको आवश्यक्ता धनुषामा रहेको छ । कक्षा ४, ५, ७ र १० को करिब ८० प्रतिशत पाठ्यपुस्तक आपूर्ती भइसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाए ।

केही दिन भित्रै पाठ्यपुस्तकको समस्या समाधान हुने यादवले दावी गरे ।

जनकपुरस्थित कार्यालयले धनुषासहित ९ जिल्लामा पाठ्यपुस्तक आपूर्ती गर्दै आएको छ । धनुषा जिल्लामा मात्रै सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक विक्रिवितरण गर्न २५ वटा डिलरहरु संचालनमा रहेको छ । डिलरमार्पmत सामुदायिक विद्यालयले कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक खरिद गरेर विद्यार्थीलाई निःशुल्क वितरण गर्दै आएको छ । कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक नीजि क्षेत्रले छपाई गरेर विक्रि गर्दै आएको छ । अहिलेसम्म जिल्लामा ४ करोडका पाठ्यपुस्तक विक्रि भएको सामग्रीले बताए ।

१३ हजार १ सय २३ विद्यार्थी जिल्ला शिक्षा समन्वय इकाई धनुषाका मुकेश कुमार मिश्रले बताए । अहिले पनि ४० हजार सेट पाठ्यपुस्तकको आवश्यक्ता रहेको पुस्तक व्यवसायी नितेश कुमार साहले बताए ।

साहका अनुसार सबैभन्दा बढी कक्षा ८ को पाठ्यपुस्तकको अभाव देखिएको छ । अहिलेसम्म २० प्रतिशत विद्यार्थीलाई मात्र कक्षा ८ को पाठ्यपुस्तक उपलब्ध हुन सकेको साहले दावी गरे । कक्षा ६ का ५० प्रतिशत पाठ्यपुस्तक पूरा भएको छ भने कक्षा ९ का ६० प्रतिशत विद्यार्थीले मात्र पाठ्यपुस्तक पाएको छ । पाठय पुस्तक वितरणमा ढिलाइका कारण पठन पाठनमा समस्या भएको श्री कण्टीर झा मा वि कक्षा ३ मा अध्यनरत मो. सैफ रेजाले सुनाए । धनुषा जिल्लामा यसपाली पाठय पुस्तकको अभावले गर्दा पठन पाठनमा समस्या आएको श्री राष्ट्रिय गिरिजा आधारभूत विद्यालय बलहागोठका प्रअ.राजेन्द्र साहले स्वीकार गरे ।

यता, धनुषा लगायत देश भरिका विद्यार्थी एसइइ परीक्षाको नतिजा पर्खेर बसेका छन् । धनुषा जिल्लाबाट २०७९ मा १३ हजार १ सय २३ जना विद्यार्थी एसइइको परीक्षामा सहभागी भएका थिए । जनकपुरधाम उपमहानगरपालिका लोहना २५ की छात्रा रौशनी खातुनले कोभिड महामारीको बेला विद्यालय नियमित नगए पनि आफूहरुले घरबाटै तयारी गरेर एसइइको परीक्षा दिएको बताइन् । घरबाटै तयारी गरेर परीक्षा दिएकी रौशनीले राम्रो ग्रेडिङ ल्याउनेमा विश्वस्त छिन् ।

 

सम्बन्धित खवर