काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि आप्mना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार अबेरसाँझ सम्पन्न पार्टीको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको हो । यसअघि नेकपा(एकीकृत समाजवादी) ले पनि आप्mना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको हो । नेकपा एसले नयाँ मन्त्री पठाएसँगै जसपा नेतृत्व तहमा पनि मन्त्री हेरफेर गर्न दबाब बढेको छ । मन्त्री मण्डलमा पठाउने बेला भएको सहमति अनुसार ६ महिना पछि फिर्ता बोलाएर नयाँ मन्त्री पठाउनुपर्ने हो । तर, जसपामा आन्तरिक विवाद सतहमा आएपछि केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मन्त्री फिर्ता बोलाउन ढिलाइ गरेका थिए । तर, सोमबारको बैठकले मन्त्री हेरफेर गर्ने जिम्मेवारी अध्यक्ष यादवलाई दिएको हो । केही दिन भित्रै नयाँ मन्त्रीलाई पठाइने एक जना कार्यकारिणी समिति सदस्यले बताए ।

ती सदस्यका अनुसार अध्यक्षज्यूले पठाउने माननीयज्यूहरु मन्त्री बन्छ भने पुरानो फिर्ता आउँछ । बैठकले असार महिना भित्र पार्टीको केन्द्रीय समितिको बैठक गर्ने र संगठन विरोधी गतिविधि गर्नेमाथि कारबाही गर्ने निर्णय समेत गरेको ती सदस्यले बताए ।

कार्यकारिणी समितिले गरेको निर्णय अनुसार पार्टी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसहितका नेतालाई कारबाही हुने भएको छ । कार्यकारिणी समिति बैठकले भट्टराई र महेन्द्र यादवमाथि कारबाही गर्ने अधिकार समेत अध्यक्ष यादवलाई दिएको छ ।

लामो समयदेखि जसपामा यादव र भट्टराई पक्षीबीच विवाद चलिरहेको छ । यादवले पार्टीमा एकलौटी गरेको भन्दै भट्टराई पक्षले उनको अधिकार खोस्ने प्रयास गरिरहेको छ ।

भट्टराईले कार्यकारी अधिकार आफूले लिने रणनीति अनुसार गतिविधि गरिरहेको पाइन्छ । यसका लागि उनले पार्टीमा हस्ताक्षर अभियान चलाएका थिए । यो सबै कुराको चाल पाएको यादव पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत भएको दाब गर्दै भट्टराई माथि नै कारबाही गर्ने निर्णय लिएको हो ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग