जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले मधेशका युवा व्यवस्थापनका लागि मधेश सरकार अग्रसर रहेको बताएका छन् ।

महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले बुधबारदेखि जनकपुरधाममा आयोजना गरेको प्रथम युवा महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश विकासको मुलआधार युवा रहेको ले उनीहरुको समुचित व्यवस्थापनको लागि प्रदेश सरकार अग्रसर भएको उल्लेख गरे ।

मुलुकमा रोजगारीको व्यवस्थापन हुन नसक्दा युवाहरु खाडी मुलुकमा जान बाध्य छ, उनले भने– प्रदेशमै रोजगारी सृजनाको लागि पहल भइरहेको छ । उनले मधेश सरकारले प्रदेश प्रहरीमा भर्ना गर्न अगाडी बढे पनि संघ सरकारको कृदृष्टिका कारण हाल सम्म सफल हुन नसकेको उल्लेख गरे । उनले प्रहरी, प्रदेश निजमति लगायतका सेवमा छिट्टै भर्ना हुने विश्वास व्यक्त गरे ।

सरकारी रोजगारीले मात्र वेरोजगारीको समस्या समाधान हुने अवस्था नरहेकोले प्रदेश सरकार उद्योग धन्धाका साथै स्वरोजगारका कार्यक्रमहरुलाई समेत प्राथमिकतामा राखेर अघि बढेको बताए ।

युवाहरु सकारात्मक कदमले मात्र मधेश वा देशको विकास सम्भव रहेको उनको कथन थियो ।

महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहको अध्यक्षतामा भएको युवा सम्मेलनको उद्घाटन सत्रमा गृह तथा संचार मन्त्री भरत प्रसाद साह, प्रदेश सभा सदस्य मंजु यादव, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, युवा अभियन्ता विकास ठाकुर सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर