जनकपुरधाम । लगातारको वर्षाका कारण जनजीवन प्रभावित हुन थालेपछि धनुषाको दुई पालिकामा विद्यालयहरु बन्द गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको नीजि विद्यालयहरु दुई दिन बन्द गरिएको छ ।

नीजि विद्यालयहरुको संगठन एनप्याब्सन, प्याब्सन, मधेश प्याब्सनले संयुक्त रुपमा जनकपुर नगरभरिको विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको हो ।

अबिरल वर्षाले गर्दा पठन पाठनमा समस्या आएपछि विद्यालय बन्द गरिएको हो ।

अविरल वर्षाका कारण जनकपुर उप महानगरपालिका भित्र रहेका निजी विद्यालय संगठन प्याब्सन र एन प्याब्सन र एम प्याब्सनले बिहीबार र शुक्रबार निजी विद्यालय बन्द गर्ने निर्णय गरेको एन प्याब्सनका नगर अध्यक्ष डीएन पाण्डेले बताए ।

वर्षाका कारण विद्यार्थीलाई आवत जावत गर्नमा समस्या देखिएकोले विद्यालयमा विदा दिएको उनले जानकारी दिए । देशभरि मनसुन सक्रिय रहने जानकारी प्राप्त भएपछि सो निणर्य लिएको अध्यक्ष पाण्डेले बताए । वर्षाका कारण जनकपुरका ठाउँ ठाउँमा पानी जमेको छ । विद्यार्थी जनकपुर वरिपरिका रहेकाले सो ठाउँबाट विद्यार्थी ल्याउनमा समस्या उत्पन्न भएपछि विधालय बन्द गर्ने निर्णय लिएको पाण्डेले बताए । नर्सरी, एल.केजी, यू केजीका स साना विद्यार्थीलाइ मध्य नजर राखी विद्यालय बन्द गरेको बताए । यता, मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाले पनि निरन्तर वर्षाका कारण आवतजावतमा समस्या भएपछि अनिश्चितकालका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले बुधबार एक विज्ञप्ति जारी गरेर पालिका भरिको विद्यालय अनिश्चितकालको लागि बन्द गरिएको बताइएको छ ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग