Krishi in Nepalजलेश्वर । पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् । लामो समय कुर्दा पनि किसानले रासायनिक मल पाउन सकेनन् । वर्षाकोख पानी खेर जान नदिने भन्दै उनीहरु रोपाइँ गर्न लागेका हुन् । एक सातायता दिनहुँजसो पानी परिरहेको छ । वर्षासँगै रोपाइँ चाँडै होस भने किसान हतारमा छन ।

बजारमा मल छैन पानी परेकाले बीउ रोप्न बाध्य भए अकाशे पानीको भरमा हामी धान रोपाइ गरिराखेको आउने दिनमा वर्षा नभए हामी किसान कसरी गर्ने भङ्गाहा नगरपालिका–४ रामनगरका इद्रिस राइनले भने । जिल्लाका सबै भेगमा पानी परेपछि किसान सक्रिय बनेका छन् । असार मसान्तमै पहिलो चरणको धानको रोपइ शूरु हुने गरेको बलवा नगरपालिकाका मन्सुल राइन बताए् ।

मौसमले साथ दिए समयमै धान रोपाइँ सकिन्छ, तर बजारमा मलको अभावले गर्दा खेतमा राम्रो धानवाली उपज हुन्छ हुदैन डर त्रास सताएको उनले दुखेसो सुनाए । महोत्तरी लगायत मध्यपूर्वी तराईमा गत जेठ २२ गतेसम्म हिउँदे धानको बीउ राख्ने, असार तेस्रो साताभित्रै बीउरोप सक्ने र साउन तेस्रो साताभित्र खरुवन रोपाइँ हुने गरेको उनले बताए । जिल्लामा कूल खेतीयोग्य जग्गा ७० हजार हेक्टर रहेको त्यस मध्य १० प्रतिशतमा मात्र नहर कुलो लाग्छ । अधिकांश किसान आकाशे पानीकै भरमा खेती गरदै आएकाले याहाँका किसान चिन्तित रहको बताए ।

सम्बन्धित खवर