जनकपुरधाम । बिहीबार दिउँसो मिल्सएरियाको अधिकांश पसल बन्द थियो । बिहानैदेखि गुल्जार रह्ने मिल्सएरिया दिउँसै बन्द हुँदा उपभोक्ता पनि चकित थिए । पसलहरु बन्द हुँदा उपभोक्ताको कौतुहल्ता बढ्दै गएको थियो । बुभ्mदै जाँदा अनुगमन टोली आएकोले पसलहरु बन्द गरेर व्यापारी फरार रहेको सूचना पायो । वीरगंजस्थित वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयको नेतृत्वमा आएको टोलीले मिल्सएरियाको पसलमा अनुगमन गरेको छ । कार्यालयका शाखा अधिकृत नवोनाथ प्रसाद यादवको नेतृत्वमा रहेको टोलीले मिल्सएरियास्थित पशुपति आइरन स्टोर र गणपति ट्रेडर्समा अनुगमन गरेका छन् । टोलीले पशुपति आइरन स्टोरको कागजात दुरुस्त नभेटेपछि संचालकलाई नसिहत दिएर निस्केका थिए । प्रमाणपत्र लगायतको कागजात देखिने गरी नझुण्डयाएकोले पशुपति आइरन स्टोरका संचालकलाई नसिहत दिदै तत्काल झुण्डयाउन निर्देशन दिएको घरेलु तथा साना उद्योग कार्यालय धनुषाका अधिकृत नागेन्द्र प्रसाद साहले बताए ।

साहका अनुसार गणपति ट्रेडर्समा म्याद नाघेको पेन्ट विक्रि नगर्न भन्दै सिल गरेको छ । तीन दर्जन बढी डिब्बा पेन्ट म्याद नाघेको फेला परेपछि ट्रेडर्सका संचालकलाई विक्रि नगर्न भन्दै सिल गरिएको साहले बताए । गणपति टे«डर्स बर्गर पेन्टको अधिकृत विक्रेता हो । अनुगमन टोलीले पसलहरुमा प्रवेश गरेको देखेर अन्य संचालकहरु भने पसल बन्द गरेर फरार भएका थिए । उनीहरुले आप्mनो पसलमा पनि छापा हान्न सक्ने डरले सटर झारेर फरार भएका थिए । अनुगमन टोली फिर्ता गइसकेपछि मात्रै उनीहरुले सटर खोलेका थिए ।

यता, जानकारी अभावमा व्यापारीहरु पसल बन्द गरेर फरार भएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठले बताए ।

जनकपुरका धेरै व्यापारीहरुलाई अभैm कर बारे जानकारी नरहेकोले कुनै अनुगमन हुँदा पसल बन्द गरेर जाने गरेको उनले थपे । कर बारे जानकारी दिनको लागि आउँदो आर्थिक वर्षमा प्रशिक्षण कार्यक्रम गर्ने योजना रहेको अध्यक्ष महासेठले बताए ।

कर बारे सम्बन्धित निकायले पनि व्यापारीलाई जानकारी गराउनुपर्छ, उनले भने–जानकारी अभावमा यस्तो समस्याहरु आइरहेको छ ।

यसको लागि आपूmहरुले तत्कालै प्रशिक्षण कार्यक्रम आयोजना गरेर व्यापारीहरुलाई अनुशिण दिने उनले बताए ।

सम्बन्धित खवर