वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुरमा जलाउन लगिएको शब प्रहरीले नियन्त्रणमा लिएको छ । १४ बर्षीय किशोरीले आत्महत्या गरेपछि आफन्तले शब जलाउन लागेको सूचनाको आधारमा खटिएको प्रहरीले छपकैयास्थित आर्यघाटबाट शब नियन्त्रणमा लिएको हो ।
बुधवार राति गोप्य रुपमा जलाउन थालिएको शबसँगै मृतक किशोरीकी दिदी, आमा र ठूलीआमालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए । कार्कीका अनुसार मलामी आएका अन्य स्थानीय प्रहरीलाई देखेपछि भागेका थिए ।
किशोरीको शबलाई पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ । आत्महत्या हो या हत्या गरेर जलाउन लागिएको हो भन्ने बारे पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै भन्न सकिने डिएसपी कार्कीले बताए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech