जनकपुरधाम । बृहत भारतीय शैक्षिक मेला शनिवार(आज) जनकपुरमा हुने भएको छ ।

भारतका करिब २५ वटा शैक्षिक संस्थाको प्रतिनिधिहरु मेलामा सहभागी हुने भएका छन् । भारतका शैक्षिक संस्थाका प्रतिनिधिहरु संग शैक्षिक विषय बारे जानकारी आदान प्रदान गर्नका लागी कार्यक्रम आयोजना गरिएको वल्र्ड राइजिङ ग्रुपका संचालक प्रभानन्द मंडलले जानकारी गराए । नेपालबाट भारत अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई लक्षित गरी सो शैक्षिक मेलामा गर्न लागेको उनले बताए । नेपालबाट कम खर्चमा पढ्न जाने विद्यार्थीलाई २०० पाठयक्रमबारे सो कार्यक्रम मार्फत जानकारी दिने उदेश्य रहेको कैरियर ड्रिमका संचालक राकेश साहले बताए ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग