जनकपुरधाम । बक्यौता भुक्तानीको माग गर्दै किसानहरुले लगातार दोश्रो दिन शुक्रबार पनि भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा धर्ना बसेका छन् ।

शीतभण्डारको बक्यौता भुक्तानीसहित पाँच बुंदे माग राखेर मधेश प्रदेशका किसानहरु बिहीबारदेखि मन्त्रालयमा तालाबन्दी गरेर धर्ना बसेका छन् । जसपा मधेश प्रदेश समितिका उपाध्यक्ष शेषनारायण यादवको अगुवाईमा किसानहरुले भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा तालाबन्दी गरेर धर्ना बसेका छन् ।

बक्यौता रकम भुक्तानीमा प्रदेश सरकारले चासो नलिएको आरोप उपाध्यक्ष यादवले लगाएका छन् । तीन वर्षदेखि ताकेता गर्दै आएपनि प्रदेश सरकारका मन्त्रीले अटेर गरेपछि आपूmहरु धर्ना बस्न बाध्य भएको उनले सुनाए ।

यता, किसानको आन्दोलनमा समाजवादी किसान महासंघ नेपालले एक्यबद्धता जनाएको छ । महासंघका मधेश प्रदेश संयोजक दिनेश प्रसाद साहले शुक्रबार एक विज्ञप्ति जारी गरेर किसानको माग लाई जायज बताउँदै यथाशिघ्र पूरा गर्न भनेका छन् । किसानको माग समाधान गर्न प्रदेश सरकारले तदारुकता नदेखाए आपूmहरु समेत धर्ना बस्ने चेतावनी विज्ञप्तिमार्पmत दिएको छ ।

२०७६ जेठ २९ गते शीतभण्डार(कोल्ड स्टोर) निर्माणका लागि कृषक समूहसँग सम्झौता गरेको थियो ।

अदालतको आदेशलाई समेत अटेर गरेर प्रदेश सरकारले आपूmहरुलाई समस्यामा पारेको उपाध्यक्ष यादवले भने ।

धर्ना कार्यक्रममा धनुषा र सर्लाहीका किसानहरू समेत सहभागी छन् ।

सम्बन्धित खवर