जनकपुरधाम । लागूऔषध ब्राउन सुगर(खैरो हेरोइन)सहित जनकपुरधामबाट दुईजना पक्राउ परेका छन् ।

सप्तरीको खडक नगरपालिका–८ खोजपुरकी २४ वर्षीया रजनी कुमारी चौधरी र सिरहाको मिर्चैया नगरपालिका २ का ३० वर्षीय मो. आरीफ हुसेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बिहीबार साँझ लागूऔषध ब्राउन सुगर सहित व्यक्ति हिडिरहेको गोप्य सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष अनुसन्धान संयुक्त टोलीले जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोकबाट वेल्ही जाने भित्री सडकमा दुबैजनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

प्रहरीले उनीहरुबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ८२० मिलि ग्राम र चुना जस्तो देखिने पदार्थ १ ग्राम ३७० मिलि ग्राम बरामद गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ब्ततबअजmभलतक बचभब

सम्बन्धित खवर