जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं. ५ बनरझुल्लामा हेलिप्याड निर्माण हुने भएको छ । जनकनन्दनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले शनिबार एक कार्यक्रमका बीच हेलिप्याडको शिलान्यास गरेका छन् ।
विपद् व्यवस्थापन र आपतकालीन उद्धारको कामलाई ब्यवस्थित बनाउन गाउँपालिकाले आप्mनै लगानीमा हेलिप्याड निर्माण गर्न लागेको हो । जनकनन्दनी गाउँपालिका बाढीको अति जोखिममा रहेको पालिका हो ।
उक्त पालिकाको अधिकांश वडा वर्षायाममा डुबानमा पर्ने गरेको छ । बाढीबाट उद्धार गर्न सहज हुने विश्वासका साथ हेलिप्याड निर्माण गर्न लागिएको पालिका अध्यक्ष दिपिनदेव यादवले बताए । हेलिकप्टर सहज रूपमा अवतरण र उडान गर्नसक्ने प्राविधिक युक्त हेलिप्याड निर्माण गर्न लागिएको अध्यक्ष यादवले बताए ।
त्यस्तै विपद् ब्यवस्थापनलाई सहज बनाउने उद्देश्यले आपतकालीन विपद् ब्यवस्थापन कार्यमा सहयोग पुग्ने लक्ष्य लिएको छ ।
बाढी, आगलागी, कटान, दुर्घटनाका सूचना प्राप्तअनुसार खोज, उद्धार र राहत कार्यलाई सहज पुग्नेछ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech