काठमाण्डौ । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक शनिबारदेखि सुरू भएको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा सुरू भएको बैठकले पार्टीका विधान संशोधनदेखि केन्द्रीय कार्य समितिको पूर्णतालगायत विषयमा छलफल गर्न लागेको छ ।

कार्यकारिणी समितिको बैठक आइतबार पुनः बस्ने गरि सकिएको छ । शनिबारको बैठकमा पार्टी विधानमा छलफल भएको कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए । ‘पार्टी विधानको बारेमा छलफल भएको छ, नेता सोनलले भने त्यसमा नेताहरुले आ–आफ्नो कुरा राख्ने कार्य जारी छ, भोलि(आइतबार) पनि त्यहीं एजेण्डामा छलफल हुन्छ’ ।

बैठकमा संगठन निर्माण, केन्द्रीय समिति, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माण लगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ । बैठकमा अगामी चुनावमा कुन दलसँग सहकार्य गर्ने भन्ने एजेण्डाका बारेमा पनि गम्भिर छलफल हुँदैछ । देशमा बढ्दो महँगी, किसानलाई मल अभाव, बाढी विपदलगायतका विषयमा छलफल हुन बाँकी रहेको नेता सोनलले बताए ।

सम्बन्धित खवर