मलगंवा । सर्लाहीमा खेलाडीलाई प्रोत्साहित गर्न खेलकूद सामग्री वितरण गरिएको छ । मोप्प नेपाल सर्लाहीले जिल्लाका ८८ वटा क्लबलाई विभिन्न खेलका सामग्री वितरण गरेको हो ।

संस्थाका अध्यक्ष राम सोमारी साहको सभापतित्व तथा प्रदेश सांसद एवं प्रदेश मामिला सभापति अशोक यादवको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बीच खेलाडीहरुलाई खेलकूद सामग्री वितरण गरिएको हो ।

प्रदेशसभा सदस्य निरा कुमारी साहको विशिष्ठ आतिथ्यमा मलंगवा–४ स्थित कलवार धर्मशालामा जिल्लाका विभिन्न युवा क्लब,विद्यालय तथा खेलकुदमा संलग्न युवाहरुको समुहलाई फुटबल,भलिबल,ब्याडमिन्टन तथा क्रिकेट खेलका सामाग्रीहरु वितरण गरिएको हो । वितरण गरिएका सामाग्रीहरुमा फुटबल २४ सेट, भलिबल २४ सेट, ब्याडमिन्टन २० सेट र क्रिकेट २० सेट रहेका छन् ।

उक्त खेलकुद सामाग्री मधेश प्रदेश सांसद निरा कुमारी साहको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत वितरण गरिएको आयोजक संस्थाका कार्यक्रम निर्देशक तथा खेलकुद सामग्री वितरण कार्यक्रमका संचालक बिरेन्द्र कुमार गुप्ताले जनाए ।

खेलकुद सामग्री वितरण गर्न आयोजना गरिएको कार्यक्रममा पुर्व जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी, जसपा सर्लाही अध्यक्ष विरेन्द्र कुमार राय, मोप्प नेपालका संजय मण्डल लगायत विभिन्न युवा क्लबका खेलाडीहरु,क्लबहरुका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर