महिलाको लागि लोकसेवा तयारी कक्षा
जनकपुरधाम । मधेश प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत प्रदेशकी महिलाको लागि लोकसेवाको कक्षा संचालन गरेको छ ।
प्रदेशका आठै जिल्ला गरी करिब चार सय महिला लोकसेवा तयारी कक्षामा सहभागी भएकी छन् ।
मधेश मुलकी महिला लोकसेवाको परीक्षामा उत्कृष्त गर्न नसकेकी बेला मधेश सरकारले महिलालाई लोकसेवा परीक्षाको निःशुल्क तयारी गराउनमा जुटेको हो ।
मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत संचालित लोकसेवा तयारी कक्षामा नायब सुब्बा र खरिदार स्तरको परीक्षाको तयारी गर्न प्रदेशकी ४ सय महिला सहभागी रहेकी छन् ।
लोकसेवा कक्षामा आठै जिल्लामा २५ जना खरिदार र २५ जना नायब सुब्बाको विद्यार्थी तयारी कक्षामा सहभागी भएकी छन् ।
गएको जेठ १९ गते देखि शुरु भएको लोकसेवा तयारी कक्षा सप्तरीको रा.ठा.जो भगत मावि राजविराज, सिरहाको सिद्धार्थ शिशु निकेतन सिरहा, धनुषाको ज्ञानकुप मावि जनकपुरधाम, महोत्तरीको वीणा विद्या मन्दिर जलेश्वर, सर्लाहीको पब्लिक मावि मलंगवा, रौतहटको गौरीशंकर यादव रौतटह क्याम्पस गौर, बाराको पन्ना देवी कन्यामावि कलैया र पर्साको सुन्दरमल्ल रामकुमार कन्यामावि वीरगंजमा कक्षा संचालन गरिएको छ ।
तयारी कक्षाले लोकसेवाको परीक्षामा सहभागी हुने विद्यार्थीलाई सहयोग पुग्ने विश्वास प्रदेश सरकारले लिएको छ ।
५० प्रतिशत महिलाकोे लागि गरेको आरक्षणमा योग्य र सक्षम महिला प्रवेश गराउन लोकसेवा तयारी कक्षा सहायक हुने अपेक्षा प्रदेश सरकारले राखेको छ ।
यस अघि आव २०७५÷७६मा १०० जना, आव ०७६÷७७ मा ३५० जना महिलालाई लोकसेवाको तयारी कक्षा गराएको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech