जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ का निवर्तमान वडाध्यक्ष रमेश ठाकुर विरुद्ध धनुषा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।
नक्कली नागरिकता सिफारिस गरेको अभियोगमा निवर्तमान वडाध्यक्ष ठाकुर विरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । पक्राउ पूर्जी जारी भएपछि पूर्व वडाध्यक्ष ठाकुर फरार भएका छन् ।
ठाकुर वडाध्यक्षको जिम्मेवारीमा हुँदा नक्कली नागरिकताको सिफारिस गरेको भन्दै उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
पूर्व वडाध्यक्ष ठाकुरसँगै वडा सचिव माधव रायविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएपछि वडासचिव पनि फरार छन् ।
नागरिकता प्राप्त गरिसकेका व्यक्तिलाई पुनः जनकपुरधाम वडा नम्बर ८ बाट नागरिकताकै लागि सिफारिस गरेपछि उनीबिरुद्ध मुद्दा परेको थियो ।
तत्कालीन वडाध्यक्ष ठाकुरले धनुषाको मुखियाट्टी मुसहरनियास्थित तुलसियाही जब्दीका आनन्द मिश्रले २०७० साल जेठ १९ मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता प्राप्त गरेका थिए ।
नागरिकता प्राप्त गरेका आनन्द मिश्रलाई जनकपुरधाम वडा ८ बाट आनन्द मोहन शरणको नाममा नागरिकताका लागि सिफारिस गरिएको पाइएको छ ।
त्यसपछि मिश्रले २०७८ मंसिर १७ गते आनन्द मोहन शरणको नाममा जिल्ला प्रशासन कार्यालय धनुषाबाट अर्को नागरिकता प्राप्त गरे ।
दूबै नागरिकतामा उनको जन्म मिति र स्थान फरक फरक देखाइएको छ । भने यसका साथै पहिलो नागरिकतामा बुवाको नाम पवन मिश्र उल्लेख छ । त्यस्तै अर्को नागरिकतामा बुवाको नाम देव शरण उल्लेख गरिएको छ । अहिले आनन्द भने कारागारमा छन् । ठाकुर २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ सालको स्थानीय निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)बाट उम्मेदवारी दिए पनि उनी पराजित भएका थिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech