जनकपुरधाम । मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कर्मचारीलाई आइतबार भ्याइनभ्याइ भयो । किसानहरुले मन्त्रालयमा तालाबन्दी गरिरहदा मन्त्री, सचिव र कर्मचारीहरु भने कार्यक्रममा व्यस्त थिए । आर्थिक वर्ष २०७८।०७९ सकिन १० दिन बाँकी रह्दा मन्त्रालयलाई बजेट सिध्याउन भ्याइनभ्याइ छ ।
तालिम, अन्तरक्रिया र गोष्ठीमा सहभागि हुन आइतबार दिनभर कर्मचारीहरु दौडादौडमा थिए । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादव र राज्यमन्त्री योगेन्द्र यादव लक्ष्मीनियाँ गाउँपालिकास्थित बाबाको ढाबामा आइतबार सहकारी संघ÷ संस्था तथा सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि थिए । मन्त्रालयकी सचिव डा. नम्रता सिंह भने महोत्तरीको बर्दिबासमा सम्पन्न प्रदेशस्तरीय ‘कृषि पत्रकारितासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा प्रमुख अतिथिको आसन्न ग्रहण गरेकी थिइन् ।
मन्त्री यादवले सहकारी सम्बन्धी कार्यक्रममा हतारिएर अर्को कार्यक्रमको लागि आयोजकलाई ताकेता गरेका थिए । उनी आप्mनो मन्तव्य सकेर जनकपुरको एक होटलमा आइतबार नै भएको प्रादेशिक दुग्ध विकास सम्बन्धी तेश्रो कार्यक्रमको प्रमुख अतिथि भए । मन्त्रालयको आर्थिक सहयोगमा आइतबार प्रदेशको विभिन्न तीन स्थानमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको छ ।
आर्थिक वर्षको अन्तिम समयमा बजेट सक्न गरिएको तालिम गोष्ठी र अन्र्तक्रियामा मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव र कर्मचारी सहभागि भएको उदाहरण हो । सहकारी संघ÷ संस्था तथा सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रम भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री यादव, महोतरीको बर्दिबासमा आयोजित प्रदेशस्तरीय ‘कृषि पत्रकारितासम्बन्धी अभिमुखीकरण’मा सचिव डा. सिंह सहभागि भएका थिए । वर्षभरी कुर्ने र अन्तिम समयमा हतार हतार बजेट वितरण गर्ने परिपाटी मौलाउदै छ । आर्थिक मसान्तको अन्तिम समयमा स्थानीय, प्रदेश र संघीय सरकारको बजेट खर्च भइरहेको छ ।
असारे बजेट सकाउने परिपाटीलाई मधेश प्रदेश सरकारले पनि निरन्तरता दिदै धमाधम कार्यक्रम गरेको छ । पानीमा सडक ढलान गरिदै छ भने गैर सरोकारबालाको उपस्थितिमा कृषि सम्बन्धी कार्यक्रम आयोजना गरिएको छ । यसरी प्रदेश सरकारका मन्त्रीहरु दैनिक मन्त्रालयको आर्थिक सहयोगमा गैर सरकारी संघसंस्थाले आयोजना गरेको कार्यक्रमहरु उद्घाटन गर्दै हिडेका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech