जनकपुरधाम । जनकपुरधामको श्रीराम युवा कमिटीको अध्यक्षमा परमेश्वर साह विजयी भएका छन् ।
अध्यक्ष पदमा परमेश्वर साह १६३ मत ल्याई विजयी भएका छन् भने उनको प्रतिद्वन्दी शम्भु प्रसाद साह प्रेमीले ७६ मत ल्याएका छन् ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा अजय कुमार ठाकुरले एक सय ११ मत ल्याई विजयी भएका छन् भने शिव ठाकुर सोनार ९० र अजय कुमार साहले ३५ मत ल्याए ।
त्यस्तै उपाध्यक्षमा उपेन्द्र भण्डारी एक सय ११ मत ल्याई विजयी भएका छन् भने राम प्रताप साह ९८ मत र अनिल कुमार साह कपडाले ३१ मत ल्याए । महासचिवमा पंकज कुमार आजाद १ सय १६ मत ल्याई विजयी भएका छन् भने विजय कुमार साह तेली ९२ र रंजित कुमार श्रवणले २९ मत ल्याएका थिए ।
त्यसैगरी सचिव पदमा लालबाबु प्रसाद साह ७९ मत ल्याई विजयी भएका छन् भने शम्भु लाल दास ७४, शिवचन्दन ठाकुर ६५ र संजय ठाकुर १९ मत ल्याएका छन् । त्यस्तै कोषाध्यक्षमा विसुनदेव प्रसाद १ सय ५२ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्दी कृष्णकान्त झा (मुन्नु) ८१ मत ल्याएको निर्वाचन अधिकृत उमेश साहले जानकारी दिए ।
त्यस्तै सदस्यहरुमा लोकेश्वर झा, रविन्द्र ठाकुर, अभिषेक कुमार ठाकुर,अमर ठाकुर, प्रकाश ठाकुर र सुदीप भण्डारी विजयी भएको निर्वाचन अधिकृत साहले जानकारी दिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech