जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालका प्रदेशसभा सदस्य कौशल कुमार यादवलाई पार्टीबाट निष्कासित गरिएको छ । गएको बैशाख ३० गते सम्पन्न स्थानीय चुनावमा अन्तर्घात गरेको निष्कर्ष निकाल्दै प्रदेश सांसद कौशल कुमार यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको हो । महोत्तरी जिल्ला कार्यसम्पादन समिति बैठकले प्रदेशसभा सदस्य यादवलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

आइतबार बसेको बैठकले उनलाई निष्काशन गरेको जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघीय शिक्षक फोरमका महोत्तरी अध्यक्ष कौशल कुमार यादवलाई समेत पार्टी विरुद्ध गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरह्ने गरी निष्कासित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग