जनकपुरधाम । मधेश प्रदेश सरकारले छोरी शिक्षा वीमा कार्यक्रम पुनः संचालन गरेको छ । बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा वीमा पुनः संचालनमा आएको छ । प्रदेश सरकार र वीमा गर्ने बैंक बीच आइतबार सम्झौता भएएपछि छोरी शिक्षा वीमा कार्यक्रम पुनः संचालनको मार्ग प्रशस्त भएको छ । सम्झौता पत्रमा प्रदेश सरकारको तर्फ बाट शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणी फुयाल र वीमा गर्ने ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

छोरी शिक्षा वीमा कार्यक्रम मधेश प्रदेश सरकारको महत्वाकांक्षी योजना रहेको छ । कोरोना महामारीका कारण करिब अढाई वर्षदेखि अवरुद्ध छोरी शिक्षा वीमा आइतबारदेखि पुनः शुरु भएको शिक्षा विकास निर्देशनालय निर्देशक फुयालले बताए ।

पहिलो चरणमा वीमा गरेको प्रभु बैंक संगको सम्झौता अवधि समाप्त भएपछि रोकिएको वीमा कार्यक्रम अव ग्लोबल आइएमई बैंकले गर्न लागेको हो ।

२०७८ माघ १ गते पछि जन्मिएकी छोरीहरुको लागि शुरू गरिको बिमा, २० वर्ष पछि ३ लाख दिने गरि प्रति वीमा ३७ हजार ४ सय ५७ रुपैयाँ ६० पैसा मधेश सरकारले बैंकलाई दिनु पर्ने सम्झौता पत्रमा उल्लेख छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ फागुन ९ गते मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत संचालित छोरी शिक्षा वीमा कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

 

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग