सुुधिर कुमार मण्डल

जनकपुरधाम । नेपाली कामदारहरुको संगठन एकता समाज दोहा कतारले उमेश यादव फाउण्डेसनलाई आर्थिक सहयोग गरेको छ । एकता समाजले उमेश फाउण्डेशनलाई सोमबार नगद एक लाख २१ हजार रुपैया सहयोग गरेको हो ।

हंसपुर नगरपालिका–१ लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का नेता अरुण कापरको पहलमा उमेश यादव फाउण्डेशनलाइ सो सहयोग गरिएको एकता समाज दोहा कतार नेपाली कामदार संगठनका अध्यक्ष इन्रजीत कापरले बताए । एक पाकिस्तानी नागरिकको हत्या
गरेको आरोपमा उमेश यादवलाई साउदी अरबको अदालतले फाँसीको सजाय सुनाएको थियो । नेपाली नागरिक समाज र गैर सरकारी संस्थाको पहलमा मृतक पाकिस्तानीको घरमा गई सो सजाई माफीका लागी उनको आफन्त संग पहल गरेको थियो । उमेश यादव बचाउ अभियानमा लागेका समाजिक कार्यकर्ता सरोज रायले पाकिस्तान सरकारको सहयोगमा माफीनामाको बयान लिखित रुपमा ल्याएको थियो । साउदी अरब अदालतलाई मृतकको आफन्तबाट माफीनामा दिएको कागजातहरु पेश गरे पश्चात उमेशको सजाय माफ भएको थियो ।

उमेश यादवलाई नेपालमा रहने गरी साउदी अरबमा मुद्दा चलिरहेको छ । साउदी सरकारले औपचारिक रुपमा उमेश यादवलाई रिहाई गरिदिए पनि फैसला आउन बाँकी रहेको छ । यसै क्रममा आर्थिक रुपमा कमजोर उमेश यादवलाई कतार स्थित नेपाली कामदार समूह संगठन एकता समाज दोहा कतारले सहयोग गरेको हो । एकता समाज दोहा कतार नेपाली कामदार संगठनका प्रतिनिधि इन्रजीत कापर, श्याम सुन्दर कापर, सुरेश मंडल, राम अधार पासमान, भोगेन्द्र यादव,उमेश यादव,तेज नारायण चौधरी, पप्पु यादवले उमेश यादव लगायतले छिटै साउदी अरब सरकारबाट सफाई पाउने विश्वास समेत व्यक्त गरेका छन् ।

सम्बन्धित खवर