काठमाण्डौ । फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी(जसपा) नेपालका डा. बाबुराम भट्टराई पक्षले विस्तारित बैठक बोलाएको छ । आगामी २९ र ३० गतेका लागि काठमाडौंमा विस्तारित बैठक बोलाइएको नेता गंगा नारायण श्रेष्ठले जानकारी दिए । गत साता मात्रै जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. भट्टराई छुटिन सहमत भएका थिए । नेता भट्टराई र अध्यक्ष यादव अलग हुन सहमत भइसकेपछि वीरगंजमा हुन लागेको दुई दिवसीय केन्द्रीय कार्य समिति बैठकमा नेता भट्टराईलाई बोलाइएको थिएन् । उनी पक्षका नेताहरुलाई बैठकमा सहभागी हुनको लागि जानकारी नगराइएको श्रोतले बताए ।
त्यसपछि नेता भट्टराईले पनि आप्mनो पक्षका बैठक गर्न लागेको हो ।
अध्यक्ष उपेन्द्र यादवले भने यही २७ र २८ गते वीरगंजमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । यो बैठकमा भट्टराई पक्ष भने सहभागी हुने छैन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech