जनकपुरधाम । जनकपुर उद्योग वाणिज्य संघको औद्योगिक तथा वित्तिय ऐन परामर्श समितिको सदस्यमा बजरंग कुमार यादव मनोनित भएका छन् । नमस्ते जनकपुर इन्कर्पोरेट प्रा.लि. का संचालक यादवलाई २०७८ चैत २३ गतेको कार्य समितिको निर्णय अनुसार मनोनित गरिएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठले बताए ।

जनकपुर संचार दैनिकका प्रकाशक एवम् संपादक समेत रहेका उद्योगी एवम् व्यवसायी यादव करिब एक दर्जन संघसंस्थामा आवद्ध रहेका छन् । कुशल उद्योगी व्यवसायीको पहिचान बनाउन सफल यादव जनता समाजवादी पार्टी(जसपा) का मधेश प्रदेश समिति सदस्य समेत छन् । उद्योग व्यापार क्षेत्रमा विगतमा गरेको योगदान एवम् अनुभवको उच्च कदर गर्दै सदस्यमा मनोनित गरिएको महासेठले बताए ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग