मो.इन्तेखाब आलम
जनकपुरधाम । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् मधेश प्रदेशले सोमबार जनकपुरमा एक दिने समन्वयात्मक गोष्ठी सम्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्राविधिक राज्यमन्त्री बोधमाया कुमारी यादव र मधेश प्र्रदेशका समाजिक विकास मन्त्री नवल किशोर साहले गोष्ठीको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिम कार्यक्रम संचालन गर्न सरोकारवालाहरु संग समन्वय तथा सहकार्य गर्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् मधेश प्रदेशले ३ तह सरकार मार्फत सहकार्य र आपसी तालमेल गरि प्राविधिक शिक्षा तथा सीप बारे जानकारी आदान प्रदान गरी कार्यक्रमलाई थप प्रभावकारी बनाउन सक्ने संघीय शिक्षा विज्ञान तथा प्रबिधि राज्य मन्त्री बोधमाया कुमारी यादवले बताइन् ।
प्राविधिक शिक्षा मार्फत मधेशका यूवालाई शिप सिकाई रोजगारीको अवसर प्रदान गर्ने बाटो खुलेको मधेश प्रदेश समाजिक विकास मन्त्री साहले बताए । गरिब असहाय अल्पसंख्यक पिछडिएका समुदायलाई प्राथमिकतामा राखी प्राविधिक शिक्षा मार्फत यूवा यूवतीलाई आत्म निर्भर बनाई रोजगारको अवसर दिनुपर्ने र यसले गरिबी न्यूनिकरण गर्नेमा सहयोग हुने जनकपुर उप महानगरपालिकाका मेयर मनोज साहले बताए ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् मधेश प्रदेशले जिम्मेवारी र लगनले काम गरे यसले रोजगारी समस्यालाई न्यूनिकरण गर्न सक्ने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका उपाध्यक्ष खगेन्द्र अधिकारीले बताए । देशका सबै निकायले इमान्दारी पुर्वक समन्वय र सहकार्य गरी कार्यक्रम विस्तार गरे देश छिटै विकासको पगमा जाने धनुषा जिल्ला प्रमूख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले विश्वास व्यक्त गरे । कार्यक्रममा जनकपुर उद्योग बाणिज्य संघ धनुषाका अध्यक्ष जितेन्द्र महासेठ, नागेन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech